२०८१ माघ १७, बिहिबार
नयाँ
पछिला अपडेट

 जीतपुरसिमरा झण्डै ८ हजार किशोरीलाई विद्यालयस्तरमा ‘एच.पि.भी.’ खोप लगाइने

२०८१ माघ १७, बिहिबार मा प्रकाशित ( घण्टा अघि) ४५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १७ माघः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पालिकाभरिका झण्डै ८ हजार किशोरीलाई माघ २३ गतेबाट विद्यालयस्तरमा ‘एच.पि.भी.’ खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एच(पि(भी.)खोप राष्ट्रिय खोप अभियायानका रुपमा माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन गर्ने भएपछि जीतपुर सिमराले माघ २३ बाट १० देखि १४ वर्ष उमेर समूहका ७ हजार ८ सय ५१ जना किशोरीलाई खोप लगाउने भएको हो ।
सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन १५ दिने अभियान अर्न्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई खोप लगाउन लागेको हो । बारा जिल्लाका ४५ हजार ३ सय ३५ जना किशोरीलाई खोप दिन लागिएको जनस्वास्थ्य निरीक्षक सनद जैसवालले जानकारी दिनुभयो ।
जीतपुर सिमरा उपमहानगरपािलका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख रवि भास्करले यस पालिकाअन्तरगत विद्यालय जाने ६ हजार १ सय १८ छात्राहरुमा कक्षा ६ का १ हजार ५ सय ९८ र कक्षा ७ देखि १० सम्मका ४ हजार ५ सय २० जना छात्रालाई खोप दिइने बताउनुभयो । यसैगरी उहाँले विद्यालय बाहिर रहेका १ हजार ७ सय ३३ किशोरी मध्ये १० वर्षका ५ सय ८० र १० देखि १४ वर्ष उमेर समूहका १ हजार १ सय ५३ जना खोप अभियानमा समेटिने जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।
ह्युमनपापिलोमा भाइरस सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, धेरै धूम्रपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनाले हुने गरेको स्वास्थयकर्मीको भनाइ छ ।
जीतपुरसिमराका २४ ओटै वडामध्ये प्रत्येक वडाका स्वास्थ्य केन्द्र साथै प्रत्येक विद्यालयमा खोपकेन्द्र सञ्चालन गरिने बताइएको छ ।
बिहिबार जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा आयोजित एचपिभि खोप अभियान २०८१ , पालिकास्तरीय खोप समन्वय समितिको अभिमूखीकरण र बहस पैरवी बैठकमा विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थय कर्मी, शिक्षक तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु