२०८१ फागुन ३०, शुक्रबार
नयाँ
पछिला अपडेट

वन संरक्षणमा सजगता अप्नाउँदै होली मनाउन आग्रह

२०८१ फागुन २९, बिहिबार मा प्रकाशित ( घण्टा अघि) ८३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २९ फागुनः डिभिजन वन कार्यालय बाराद्वारा आयोजित होली मिलन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । वन संरक्षणको पाटोमा सजग रहने आग्रह गर्दै होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डिभिजन वन अधिकृत राजिव कुमार झाले होलीको शुभकामना दिँदै चाडपर्वको समयमा काठको चोरी तस्करी बढ्न सक्ने, वनमा डढेलो र आगलागिका घटना बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा वन अधिकृतहरु विरेन्द्र प्रसाद यादव, हरिशंकर शाह, विमल कुमार ठाकुर विनोद प्रसाद पटेल, शाखा अधिकृत बुनी प्रसाद यादव, रेञ्जर,वन रक्षक, कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै वनको सुरक्षा, वनलाई डँढेलोबाट जोगाउन अझ सजग भएर अघि बढ्ने धारणा व्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु