२०८१ चैत्र ३०, शनिबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराले लिएको आधारभूत तह (कक्षा ८) परीक्षाको नतिजामा नेरामावि सिमराका दुई छात्रछात्रा उच्चतम जीपीएसहित भए नगर प्रथम

२०८१ चैत्र २८, बिहिबार मा प्रकाशित ( दिन अघि) २४१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,२८ चैतः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको आधारभूत तह (कक्षा ८) परीक्षा २०८१ को नतिजामा नेरामावि सिमराका दुई छात्रछात्राले नगरमा उच्चतम जीपीए ल्याएर उत्तीर्ण भएका छन् । बुधबार सार्वजनिक गरिएको नतिजाअनुसार नेपाल राष्ट्रिय मावि सिमराका मेधावी छात्र पंकज कुमार सहनी ४. जीपीएसहित प्रथम भएका हुन् भने नेरामावि सिमराकै मेधावी छात्रा रिदिसा घिमिरे ३. ९१ जीपीएसहित छात्राहरुमा प्रथम हुन सफल भएकी हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार यस वर्षको आधारभूत तह परीक्षामा २ हजार २सय ५१ जना विद्यार्थी सहभागी भएकामध्ये २ हजार २ सय २५ जनाले परीक्षा दिएका थिए। ती मध्ये जम्मा १ हजार २ सय ५५ जना विद्यार्थीले मात्र ग्रेड जीपीए हासिल गर्न सफल भएका छन् भने ९ सय ७० जना विद्यार्थी ननग्रेड भएका छन्।
उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार उत्कृष्ट ग्रेड (३.६१ देखि ४.००) ल्याउने विद्यार्थी संख्या १ सय १४ जना मात्र रहेको छ । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३ सय ७३ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ४ सय ७३ जना, २.४१ देखि २.८० ल्याउने २सय ३६ जना र २.०१ देखि २.४० ल्याउने विद्यार्थी ५९ जना रहेका छन ्। तर २.० भन्दा कम जीपीए ल्याउने विद्यार्थी कोही पनि नरहेको शिक्षा शाखाले जनाएको छ । परीक्षामा अनुपस्थित विद्यार्थी संख्या २६ जना रहेको उपमहानगरपालिकाले जनाएको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु