२०८१ चैत्र ३०, शनिबार
नयाँ
पछिला अपडेट

हिमालयन शेर्पाले उचाल्यो जीतपुरसिमरा गोल्डकपको उपाधि

२०८१ चैत्र ३०, शनिबार मा प्रकाशित ( घण्टा अघि) १४७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २९ चैत्रः मच्छिन्द्र फुटबल क्लबविरुद्ध फराकिलो जीत निकाल्दै हिमालयन शेर्पा क्लबले जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ । शुक्रबार राती सिमरा रङ्गशालामा सम्पन्न १५ औं संस्करणको उपाधि भिडन्तमा हिमालयन शेर्पा क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको च्याम्पियन बनेको हो । शेर्पाले यसअघि दोश्रो संस्करणको उपाधि जितेको थियो ।
हिमालयन शेर्पाले १० लाख नगद र ट्रफि प्राप्त गरेको भने उपविजेता मच्छिन्द्रले ५ लाखमा चित बुझायो । गत संस्करणमा समेत फाइनलमा पराजित मच्छिन्द्र लगातार दोश्रोपटक उपविजेतामा सिमित बनेको हो ।
हिमालयन शेर्पालाई बर्षको पहिलो उपाधि दिलाउने क्रममा कप्तान विश्वास श्रेष्ठले दुई तथा रोवर्ट खोङजो र समिरराज थोकरले समान १ गोल गरेका थिए । मच्छिन्द्रका लागि रञ्जन पुनले एकमात्र सान्त्वना गोल गरे ।
मच्छिन्द्र विरुद्ध खेलको तेश्रो मिनटमै हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले अग्रता दिलाएका थिए । खेलको तेश्रो मिनटमै हिमालयन शेर्पाले अग्रता लिएको थियो । खेलको २७ औं मिनटमा मच्छिन्द्रका लागि रञ्जन पुनले बराबरी गोल गरेका थिए ।
तर मच्छिन्द्रले बराबरी गरेको केहीबेरमै फेरि हिमालयन शेर्पाले अग्रता बनाएको थियो । समिरराज थोकरले खेलको २९ औं मिनटमा रोबर्टको क्रसपासलाई गोलमा परिणत गर्दै हिमालयन शेर्पालाई २–१ को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा रोवर्ट खोङजोले शानदार गोल गर्दै हिमालयन शेर्पाको अग्रता फराकिलो पारे । सेन्टरलाईनबाट एक्लै बल अघि बढाएका रोबर्टले मच्छिन्द्रको रक्षापंक्ती बिट गर्दै वन भर्सेस वनको स्थितीमा निकै आकर्षक गोल गरेका थिए ।
पहिलो हाफमा ३–१ ले पछि परेको मच्छिन्द्र दोश्रो हाफमा सम्हालिन नपाउँदै १० खेलाडीमा सिमित बन्यो । मच्छिन्द्रका गोलरक्षक विशाल सुनार रातो कार्ड खाँदै मैदानबाट बाहिरीए । हिमालयन शेर्पाका रोवर्ट खोङजोले किपर विट गरेको अवस्थामा विशालले हातले रोवर्टको खुट्टा तानेर लडाईदिएपछि फिफा रेफ्री नविन्द्र महर्जनले सिधै रातो कार्ड दिंदै विशाललाई मैदान बाहिर पठाए ।
गोलरक्षकले रातो कार्ड पाएपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले बैकल्पिक गोलरक्षक सुरेश सदालाई गोलपोष्टमा पठाउन अनिल खड्कालाई मैदानबाट फिर्ता बोलाएका थिए । हिमालयन शेर्पाले पाएको पेनाल्टी अवसरलाई कप्तान विश्वास श्रेष्ठले गोलमा परिणत गर्दै ४–१ को फराकिलो अन्तर बनाए ।
विधागतमा पनि हिमालयन शेर्पा मात्रै फाइनल खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका अमित तामाङ घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे ।
मच्छिन्द्र फुटबल क्लबका रोबर्ट खोङजो भिएक्सएल एजुकेशन प्लयेर अफ दि टुर्नामेन्ट घोषित भए । उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरे । उच्च गोलकर्ताको पुरस्कार पनि रोबर्टलेनै पाए । रोवर्टले प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका थिए । क्वाटर फाइनल र सेमीफाइनलमा १–१ गोल गर्दै दुबै खेलको म्यान अफ दि म्याच जितेका रोबर्टले फाइनल खेलमा थप एक गोल गर्दै २५ हजार राशीको सो पुरस्कार जिते ।
उत्कृष्ट गोलरक्षक हिमालयन शेर्पाका विवश चौधरी र उत्कृष्ट प्रशिक्षक हिमालयन शेर्पाका प्रज्वल प्रताप क्षेत्री घोषित भए । उनीहरु दुबैले समान २५ हजार र ट्रफि प्राप्त गरे ।
उदयमान स्थानीय खेलाडीलाई प्रदान गरिने इमर्जिङ प्लेयरको अवार्ड आयोजक सिमराका सेरव लो तामाङ घोषित भए । १५ हजार राशीको सो पुरस्कार हाल अष्ट्रेलीयामा रहेका फुटबल खेलाडी रवी पासवानले प्रायोजन गरेका थिए । फेयर प्लेको ट्रफि सलहेश युवा क्लबलाई प्रदान गरियो ।
पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम तय गरिएपनि अन्तिम समयमा आएर प्रचण्डले कार्यक्रम रद्द गरेका थिए । विजेता तथा उपविजेता खेलाडीहरुलाई पुर्व मन्त्री तथा बारा ४ का सांसद कृष्णकुमार श्रेष्ठ, मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु