२०८१ चैत्र ३०, शनिबार
नयाँ
पछिला अपडेट

तराई यातायात व्यवसायी संघ सिमराको १८ औं वार्षिक सभा सम्पन्न

२०८१ चैत्र ३०, शनिबार मा प्रकाशित ( घण्टा अघि) ६६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३० चैतः तराई यातायात व्यवसायी संघ सिमरा, बाराको १८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा वार्षिक सभा सम्पन्न भएको हो ।

1744471635325
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको साधारणसभामा सयौँ व्यवसायीहरुको उपस्थिति रहेको थियो । मन्त्री लेखकले जनताले सरकारी कार्यालयबाट पाउने सेवालाई प्रभावकारी र जनमैत्री बनाउन प्रमुख जिल्ला अधिकारीसहितका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उहाँले सरकारी कार्यालयहरुका सेवा अबका दिनमा आलोचना नहुने गरी र सेवाग्राहीलाई अनुभुति हुनेगरी सेवा सुधार गर्न निर्देशनसमेत गर्नुभयो । गृहमन्त्री लेखकले यातायात ब्यवसायीका समस्याका बारेमा जानकार रहेको भन्दै समस्या समाधानमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी उहाँले समृद्धि र सुशासन सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै दुर्ब्यवसनी, दुर्घटना, साइवर अपराध र आत्महत्या जस्ता विषय जटिल समस्या बनेको बताउनुभयो । मन्त्री लेखकले यी सबै कुरा नियन्त्रण गर्न राज्य, राज्यका शक्ति र ब्यवसायीहरुको उत्तीकै दायित्व छ भन्दै जिम्मेवार बनिदिन यातायात ब्यसायीहरुसँग आग्रहसमेत गर्नुभयो ।

1744471730527

संघको बार्षिक साधारणसभाका अवसरमा दोस्रो तराई यातायात सक्रिय पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पर्सा सम्वाददाता उपेन्द्र ठाकुरलाई प्रदान गरिएको छ ।

1744471452926

यसैगरी यस वर्ष संघको कार्यलयमा लामामे समयदेखि काम गर्ने गाडीका चालक र चितवनका व्यवसायीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव, पूर्वमन्त्री फरमुल्लाह मंसुर, संघिय सांसद कृष्णकुमार श्रेष्ठ, अच्युत मैनाली, प्रदेश सभा सदस्य देवनारायण चौधरी, मिना लामा, संविधान सभा सदस्य जयराम दाहाल, मधु शाही ठकुरी, यातायात ब्यवसायी महासंघका महासचिव राजेन्द्र बानियाँ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

तराई यातायात ब्यवसायी संघ सिमरामा हाल एकहजार ५ सय जना आवद्ध सदस्यका २ हजार पाँचसय यात्रुवाहक बस बाहेकका ठुला साना सवारी आवद्ध छन् । संघले ब्यवसायी साझेदारमार्फत देशभरी सेवा दिँदै आएको संघका महासचिव अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु