२०८२ बैशाख ६, शनिबार
नयाँ
पछिला अपडेट

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पत्रकारिताको भूमिका विषयक अन्तरक्रिया

२०८२ बैशाख ४, बिहिबार मा प्रकाशित ( दिन अघि) १८४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,४ बैशाखः बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानी नोक्सानी भन्न्ने नारासहित ३० औँ वन्यजन्तु सप्ताह २०८२ विविध कार्यक्रम गरी मनाइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, बाराले बैशाख १ गतेदेखि सञ्चालन गर्दै आएको वन्यजन्तु सप्ताहको चौथो दिन बिहीबार पत्रकार र सरोकारवालासँग अन्तरक्रिया गरी मनाइएको हो । ,
कार्यक्रम संवेदनशील विषयमा सन्तुलित रिपोटिंग मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पत्रकारिताको भूमिका विषयमा केन्द्रित रहेको थियो । पत्रकारले कलम चलाउँदा मानवीय गतिविधिका कारण उत्पन्न परिस्थिति र वन्यजन्तुको आवागमन प्रक्रियालाई संवेदनशील हुनुपर्ने वक्ताहरुको धारणा थियो । वन र वन्यजन्तु संरक्षणको पाटोमा अझ सशक्त ढंगले कलम चालाउँदै जानका लागि सचेतनाको खाँचो रहेको समेत वक्ताहरुले बताएका थिए ।
सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष भीमबहादुर पाख्रिनको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याल, जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) का प्रचण्ड महर्जन, कुसुमबाटिकाका अध्यक्ष बुद्धलाल पाख्रिन, सञ्चारकर्मीहरु उपेन्द्र ठाकुर, शंकर आचार्य, राममणि दाहाल, महेश्वर अधिकारीलगायतले आफ्‌ना मन्तव्य राख्नुभएको थियो ।
बारा, पर्सा र मकवानपुरका सञ्चारकर्मीहरुका साथै निर्मल उपभोक्ता समिति, कुसुमबाटिका उपभोक्ता समिति, सुनाखरी सामुदायिक होमस्टेका पदाधिकारीहरु, जेडएसएलका प्रतिनिधिहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण रेन्जर जयराम न्यौपानेले गर्नुभएको थियो । वन्यजन्तु सप्ताहको पहिलो दिन सरसफाइ कार्यक्रम, दोस्रो दिन फोटो प्रदर्शनी र तेस्रो दिन चरा अवलोकन कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

1744898182728

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु