२०८२ जेष्ठ १६, बिहिबार
नयाँ
पछिला अपडेट

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिद्वारा नेरामावि सिमराका २७ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान

२०८२ जेष्ठ १५, बुधबार मा प्रकाशित ( दिन अघि) ३६१ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १४ जेठः शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले नेपाल राष्ट्रिय मावि सिमरा, बाराका २७ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति प्रदान गरेको छ । ग्रुपले आफ्‌नो सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम विद्यालयका जेहेन्दार, विपन्न, सिमान्तकृत मधेशी, मुस्लिम, जनजाति, दलित समुदायका विद्यार्थीहरूको शिक्षालाई प्रोत्साहित गर्दै बुधबार एक कार्यक्रमको आयोेजना गरी २७ जना छात्रछात्रालाई छात्रवृति प्रदान गरेको हो ।

ग्रुपले चारलाख ३३ हजार २ सय ५० रुपियाँ बराबरको चेक विद्यालय परिवारलाई हस्तान्तरण गरेको थियो ।

IMG20250528100729

सो छात्रवृत्ति उपलब्ध गराउनका लागि नेरामावि सिमराका पूर्व विद्यार्थी एवं युवा समाजसेवीद्वय सन्तोष कार्की र विष्णु लामिछानेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा धन्यवाद ज्ञापन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीको अध्यक्षता एवं जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाता संस्था शंकर ग्रुपका कृष्णदत्त भट्ट, अनिल गजुरेल, राजकुमार सर्राफ, राम तिवारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई झोला, जुत्ता, तथा शैक्षिक सामग्रीसमेत प्रदान गरिएको थियो । छात्रवृति हस्तान्तरण कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक विनोद मण्डल, पूर्व विद्यार्थी एवं युवा समाजसेवी सन्तोष कार्की, विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्य, अभिभावक रामचन्द्र अधिकारी, शंकर ग्रुपका कृष्णदत्त भट्टलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन गोपी अधिकारीको रहेको थियो ।
दातालाई सम्मान
विद्यालयमा आई विद्यार्थीको शिक्षालाई प्रोत्साहित गर्दै छात्रवृत्ति प्रदान गरेर विपन्न तथा जेहेन्दार छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरेकोमा विद्यालयका तर्फबाट शंकर ग्रुपलाई सम्मान गरिएको थियो ।

IMG20250528103406

यसैगरी दाता संस्थासँग सहकार्य गरी नेरामावि सिमराका विद्यार्थीको शिक्षालाई प्रोत्साहित गर्ने विद्यालयका पूर्व विद्यार्थी एवं युवा समाजसेवी सन्तोष कार्कीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

IMG20250528103153

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु