सयपत्री समाचारदाता
सिमरा,९ साउनः बाराको जीतपुरसिमरा वडा न ४ ले भ्रमणको लागि छुट्याएको बजेटलाई विद्यार्थीको खेलकुद विकासका लागि सामग्री खरीद गरी हस्तान्तरण गरेको छ । वडाले भ्रमणका लागि भनेर छुट्टयाएको रकम भ्रमण नगई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहाका विद्यार्थीहरुको खेलकुद क्षेत्रमा विकास होस भन्ने उद्देश्यले ३ लाख रुपियाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्रीका अनुसार वडाले पूर्ण निशुल्क शिक्षाको अवधारणाअनुसार प्रत्येक वर्ष १५ लाखभन्दा बढीको अुनुदान उपलब्ध गराई कक्षा शिशुदेखि कक्षा १२ सम्मको शिक्षा पूर्ण निशुल्क प्रदान गरिरहेको छ । उहाँले एसईईमा पनि यिस विद्यालय जिल्लाकै दोस्रो स्थान हुन सफल भएकोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकाहरू, विद्यार्थीलगायत सम्पूर्ण अभिभावकलाई समेत हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्नुभयो ।
यसैवीच यूवा व्यवसायी समाजसेवी जनक दाहालले १ बर्षका लागि स्कूललाई चाहिने सरसफाई सामग्री हर्पिक, फिनेल साबुन झाडुजस्ता सामान उपलब्ध गराउनु भएको थियो । साथै विद्यालयका पूर्व विद्यार्थी (२०५९ सालका एस एल सी व्याज त्रिलोकविक्रम ठकुरी र राजकुमार) ले घाँस काट्ने मेसिन उपलब्ध गराउनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद लामिछाने (भिमसेन )को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष लामिछानेले पूर्व विद्यार्थीहरुबाट यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।कार्यक्रमको सहजीकरण शिक्षक धनप्रसाद बजगाइँले गर्नुभएको थियो ।