सयपत्री समाचारदाता
सिमरा, १७ साउनः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ स्थित पशुपतिनाथ महादेव मन्दिरको समावेशी नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । औराहामा शुक्बार भएको अधिवेशनसहितको साधारण सभाले सर्वसहमतिबाट १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्य समितिका अध्यक्षमा भुप्रसाद ढकाल, उपाध्यक्ष मायादेवी पाठक, सचिव नवीन खड्का , सहसचिव प्रेमकुमारी ढकाल र कोषाध्यक्ष रोहिता अधिकारी चयन हुनुभएको छ भने सदस्यहरूमा बासुदेब खत्री, पार्वती परियार ,सम्झना बन्जरा, कल्पना शाह अनिता ढकाल, नानू ढकाल रहनुभएको छ ।
निर्वाचित कार्य समितिलाई सम्पूर्ण नव निर्वाचित कार्यसमितीलाई हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दै वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्री ईश्वरले भक्तिभावसहित मन्दिरको संरक्षण र सर्वंदनमा लाग्न आग्रह गर्नुभयो ।