२०८२ भाद्र ५, बिहिबार
नयाँ
पछिला अपडेट

ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार सिमरामा रक्तदान कार्यक्रमको आयोजना गर्ने

२०८२ भाद्र २, सोमबार मा प्रकाशित ( दिन अघि) १४२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २ भदौः ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले आगामी शुक्रबार सिमरामा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औँ पुण्यस्मृति तथा विश्व भातृत्व दिवसको अवसर पारेर सेवा केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सेवा केन्द्रले रक्तदान कार्यक्रमलाई व्यापक प्रचारप्रसारमा लैजान समेत आग्रह गरेको छ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र सिमराकी प्रमुख मधुदिदीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शुक्रबार सिमरामा विहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम रहने बताइएको छ ।
रक्तदान कार्यक्रम नेपाल तथा भारतका ब्रह्‌माकुमारिजका मुख्य केन्द्रहरुमा आयोजना हुँदैछ । यही भदौ ६ गतेदेखि ९ गतेसम्म रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । सिमरा, वीरगञ्ज, चपुरलगायतका मुख्य सेवा केन्द्रसाथै नेपालभरि नै रक्तदान कायृक्रमको आयोजना गरिने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु