२०८२ भाद्र ७, शनिबार
नयाँ
पछिला अपडेट

१६० औं मोती जयन्तीको अवसरमा विभूतिले गर्‍यो नगरस्तरीय कविता लेखन तथा वाचन कार्यक्रमको आयोजना

२०८२ भाद्र ७, शनिबार मा प्रकाशित ( घण्टा अघि) ६६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ७ फागुनः१६० औं मोती जयन्तीको अवसरमा राष्ट्रिय विभूति शिक्षा सदनले शनिबार जीतपुरसिमरा नगर विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रमको आयोजना गरेको छ । ‘शब्दमा शक्ति, साहित्यमा सँस्कृति’ भन्ने मूल नाराका साथ राष्ट्रिय राष्ट्रिय विभूति शिक्षा सदनले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

IMG_20250823_214051
संस्थागत र सामुदायिक गरी १७ विद्यालयका ३४ जना विद्यार्थीले कविता लेखन प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा अक्षरा पाठशालाकी छात्रा स्वीकृति खनाल प्रथम, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनकी छात्रा अश्मिता गुरुङ द्वितीय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराकी छात्रा राजश्री बराल तृतीय हुन सफल भएको आयोजक विद्यालयका प्रधानाध्यापक सागर ठाडा मगरले जानकारी दिनुभयो ।

IMG_20250823_214231

प्रतियोगितामा प्रथम ,द्धितीय र तृतीय हुने प्रतियोगिलाई क्रमसः नगद ३ हजार रुपियाँ, दुई हजार र एक हजार रुपियाँ र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा तीन सदस्यीय निर्णायक मण्डल नारायणदत्त पौडेल, अविनाश सापकोटा र सि. एम. रिमालले मूल्यांकन गर्नुभएको थियो ।

IMG_20250823_214005

कार्यक्रममा साहित्य सर्जकहरू रामप्रसाद अधिकारी, प्रदीप धनञ्जय, महम्मद इशाहक हुसैन, सीता अधिकारी, नारायण क्षेत्री, प्रितम बास्तोला, शीखा अधिकारी, अविनाश सापकोटा, सि. एम. रिमाल र रामप्रसाद पोखरेल, अंशु अधिकारी, गीता कोइराला, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका निर्देशक श्याम भट्टराईलगायतले पनि आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी रहनुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक किशोरबाबु श्रेष्ठले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु