२०८२ कार्तिक ८, शुक्रबार
नयाँ
पछिला अपडेट

सङ्गालो साकोसको चौधौँ वार्षिक सभा सम्पन्न, विभिन्न विधामा सम्मान प्रदान

२०८२ भाद्र २२, आईतबार मा प्रकाशित ( महिना अघि) १०६ पाठक संख्या

 

सयपत्री समाचारदाता
सिमरा, २१भदौः सङ्गालो वचत तथा ऋण सहकारी संस्था सिमरा, बाराको चौधौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा जिल्ला वचत तथा ऋण सहकारी सँघ बाराका अध्यक्ष सतेन्द्र ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो ।

१४ वर्षअघि स्थापना भएको सङ्गालो वचत तथा ऋण सहकारी संस्थाले ८ करोड ६६ लाखको निक्षेप संकलन र ८ करोड ५३ लाख लगानी गरेको अध्यक्ष निराजन थापाले बताउनुभयो । उद्घाटन सत्रको कार्यक्रममा संस्थाका उत्कृष्ट बाल बचत कर्ता युवानी खड्का, संस्थाका जेष्ठ सदस्य मिरा थापा तुलाधर, उत्कृष्ट कारोवारी बसन्तीकुमारी मगर्नी, नारायण उप्रेती, राजेश थापा, पदमबहादुर श्रेष्ठ, सुस्मिता राउत, ज्ञानबहादुर श्रेष्ठ, अभिषेक खड्का, सुशिल धिताल, स्व.हरिकिशोर साह(मरणोप्रान्त)लाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी संस्थाको उत्कृष्ट कर्मचारीका रुपमा यस वर्ष सुशिल चौधरीलाई सम्मान प्रदान गरिएको छ भने उत्कृष्ट वचतकर्ताका रुपमा सुदीप कर्माचार्य,रामबहादुर लामा, रीनाकुमारी साह, सुनिता चौधरीलाई सम्मान गरिएको थियो । संस्थाले यस वर्ष सामुदायिक विद्यालयबाट कक्षा १२मा उत्कृष्ट जिपिए ल्याई उत्तीर्ण हुने नेपाल राष्ट्रिय मावि सिमराका मनिष पाठकलाई एघार हजार एक सय एघार रुपियाँ प्रदान गरेको थियो ।
उद्घाटन सत्रको कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, जिल्ल वचत तथा ऋण सहकारी संघका लेखा संयोजक शालिकराम अधिकारी, सिमरा महिला साकोसकी अध्यक्ष मुना खरेल लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिव गोकुल अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक नेत्रपसाद दाहाल्रको स्वागत मन्तव्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु