२०८२ आश्विन ४, शनिबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसको १८ औँ वार्षिक सभा सम्पन्न

२०८२ आश्विन ४, शनिबार मा प्रकाशित ( घण्टा अघि) १२७ पाठक संख्या

 

सयपत्री समाचरदाता
सिमरा,४ असोजः महिलाहरुद्वारा जिल्लाकै नमुना सहकारीको रूपमा स्थापित सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा आमन्त्रित जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा सिमरा महिला साकोसका पूर्व अध्यक्ष एवं संस्थाका सल्लाहकार संयोजक अनिता लम्साल, सञ्चारकर्मी रन्जन यादव, संस्थाका सेयर सदस्यहलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

IMG_20250920_193842
कार्यक्रममा संस्थाका अध्यक्ष मुना खरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाका कोषाध्यक्ष सनम पौडेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक उर्मिला सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समूह, तथा संस्थाका जेष्ठ सदस्य र संस्थाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

IMG_20250920_193926

यसैगरी कक्षा १२ को परीक्षमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने नेपाल राष्ट्र्रिय माध्यामिक विद्यालय सिमराका छात्रा आकृति पुलामी र सोही विद्यालयका छात्र मनिष पाठककलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष भिमादेवी शर्माको स्वागत मन्तव्य रहेको थियो भने संस्थाका सचिव गीता शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

IMG_20250920_194002

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु