२०८२ कार्तिक १७, आईतबार
नयाँ
पछिला अपडेट

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २३ औं वार्षिक सभा सम्पन्न, निर्वाचन प्रक्रियाको तयारी

२०८२ कार्तिक १६, शनिबार मा प्रकाशित ( घण्टा अघि) ७६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १५ कात्तिकः सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गर्नुभएको (अधिवेशन पछि हुने गरीे) सहितको साधारणसभा शनिवार सिमरामा सम्पन्न भएको हो ।

1000010919

साधारणसभाको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सोनलले सिमरा खानेपानीको स्तरोन्नतिका लागि प्रदेश सरकारका तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाली काँग्रेस जीतपुरसिमराका सभापति छवि शर्मा, नेकपा एमालेका जीतपुरसिमरा अध्यक्ष त्रिलोक विक्रम शाह, माओबादी केन्द्रका नगर अध्यक्ष प्रेमबहादुर बराल, रास्वपाका नगर सभापति सुरेश केसी, लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष सरोज पटेल, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी र पाँचजना उत्कृष्ट उपभोक्तालाई सम्मानित गरिएको थियो ।

1000010920
यसैविच सभाको बन्दसत्रले अध्यक्ष कासिम हुसेन नेतृत्वको बर्तमान कार्यसमिति विघटन गरि निर्वाचन समितिलाई निर्वाचन सम्पन्न गर्ने म्याण्डेट प्रदान गरेको छ । यसका लागि सिमरा कलेजका सहप्राध्यापक शालिकराम अधिकारी संयोजक रहेको निर्वाचन समितिले निर्वाचन प्रकृया सम्पन्न गर्नेछ ।

1000010923

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु