
सयपत्री समाचारदाता
सिमरा,१९ कात्तिकः सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बाराको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । समितिको २३ औं वार्षिक साधारण सभाबाट गठन भएको निर्वाचन समितिले बुधबार सिमरास्थित खानेपानीको कार्यालयमा पत्रकार सम्मेलन गरि निर्वाचनका लागि कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक शालिकराम अधिकारीले आगामी मंसिर ६ गते मतदान हुने गरि बनाईएको निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गर्दै निर्वाचन प्रकृयामा सघाउन सम्पूर्ण उपभोक्ता तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ ।
हेर्नुहोस्: निर्वाचन कार्यतालिका