२०८२ कार्तिक २३, शनिबार
नयाँ
पछिला अपडेट

सप्तरंगी साकोसको १४ औँ वार्षिक सभा सम्पन्न, सप्तरंगी समाजेवा पुरस्कार नेपाललाई

२०८२ कार्तिक २३, शनिबार मा प्रकाशित ( घण्टा अघि) १९२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २२ कात्तिकः बाराको रजघट्टामा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जिल्लाा वचत तथा ऋण सहकारी संघका अधयक्ष सतेन्द्र ठाकुरले उद्घाटन गर्नुभएको वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष शोभा केसीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

IMG_20251108_150437
एक हजार ८ सय ९८ जना सेयर सदस्य रहेको साकोसले हाल १३ करोड ७१ लाख ६७ हजार चारसय रुपियाँको कारोवार गरिरहेको छ । कार्यक्रममा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन व्यवस्थापक गुणराज ढकालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार यसवर्ष सर्पको संरक्षणमा योगदान दिँदै आउनुभएका दीपक नेपाललाई प्रदान गरिएको संस्थाका कोषाध्यक्ष विदुर खड्काले जानकारी दिनुभयो ।

FB_IMG_1762589057539

यसैगरी कार्यक्रममा दैनिक वचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, जेष्ठ नागरिक, उत्कृष्ट वचतकर्तालगायतलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा बारा जिल्ला वचत तथा ऋण सहकारी सँघका उपाधयक्ष एवं सप्तरंगी साकोसका पुर्व अध्यक्ष राजु अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष चयन गुरुगं ,१५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, साकोसका संस्थापन सेयर सदस्य श्यामप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव अनिल चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष विदुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

IMG_20251108_145047

FB_IMG_1762592633223

FB_IMG_1762592640262FB_IMG_1762592648692

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु