२०८२ पौष ४, शुक्रबार
नयाँ
पछिला अपडेट

प्रतिनिधि सभाको उमेदवार सिफारिस भएपछि चुनावी अभियानमा लागे भट्टराई

२०८२ पौष ३, बिहिबार मा प्रकाशित (0 घण्टा अघि) ८५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३ पुसः बाराको क्षेत्र नं ३ बाट संघीय सांसदको उम्मेदवारमा अग्रज पत्रकार भोजराज भट्टराई सिफारिसमा पर्नुभएको छ । लामो समय पत्रकारिता गरेर आम जनतामा लोकप्रिय बनेका भट्टराई नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारमा सिफारिस हुनुभएको हो ।

उम्मेदवारको सिफारिस भएपछि झोला र डायरी बोकेर आम जनताको घरदैलोमा पुगी मन जित्ने प्रयासमा लाग्नुभएको छ । जीतपुर सिमराको वडा नं १५ डुमरवानामा बसोबास गर्ने भट्टराई काँगे्रसका अनुभवी नेता हुनुहुन्छ । गलामा गम्छा भिरेर झोला बोकी जनताको समस्या बुझ्‌दै गाउँघरमा डुल्न थाल्नुभएको छ ।
नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ को कलैयामा सम्पन्न क्षेत्रीय भेलाले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा भट्टराईको नाम सिफारिस गरेको हो । भट्टराईसहित क्षेत्रीय समितिले १० जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको क्षेत्रीय बैठकबाट भट्टराईको चौथो नम्बरमा नाम प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गरिएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु