२०८२ पौष ४, शुक्रबार
नयाँ
पछिला अपडेट

भारत सरकारको आर्थिक सहयोगमा बनेको मधेस प्रदेश धनुषाको बैद्यनाथ देवनारायण जनता नमुना माविको नयाँ विद्यालय भवनको उद्घाटन

२०८२ पौष ४, शुक्रबार मा प्रकाशित ( घण्टा अघि) ११० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ४ पुसः भारत सरकारको आर्थिक सहयोगमा बनेको मधेस प्रदेशको धनुषा जिल्लाको तुल्सीयाहीस्थित बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको उद्घाटन शुक्रबार उद्घाटन गरिएको छ । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) का महावाणिज्यदूत देवी सहाय मीना, धनुषाको मुखियापाटी मुसहरनिया गाउँपालिकाका  अध्यक्षद्वारा जय कुमार यादवद्वारा संयुक्त उद्घाटन गरिएको हो ।

IMG 20251219 WA0005
धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामार्फत कार्यान्वयन गरिएको . विद्यालय भवन र सम्बद्ध सुविधाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजना  (एचआइसिडपि)अन्तर्गत गरिएको थियो।
बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय धनुषा जिल्लाको अग्रणी सामुदायिक विद्यालयहरू मध्ये एक हो । । यस विद्यालयले प्रारम्भिक बाल विकास  देखि १२ कक्षासम्मको शिक्षा प्रदान गर्दछ। यो विद्यालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग सम्बद्ध छ र यसले कम्प्युटरमा १८ महिनाको प्रि–डिप्लोमा कोर्स प्रदान गर्दै आएको छ। यस विद्यालयमा भर्ना भएका विद्यार्थीहरूको कुल संख्या लगभग २५०० छ, जसमध्ये ६०% छात्राहरू छन्।

IMG 20251219 WA0006
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरिरहेको विकासात्मक सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले नयाँ पूर्वाधारले यस क्षेत्रमा शिक्षा वातावरण बढाउन तथा शिक्षा क्षेत्रलाई सुदृढ पार्न मद्दत गर्ने विश्वास व्यक्त गरे । नजिकका छिमेकीहरूको रूपमा, भारत र नेपाल बीच व्यापक र बहु–क्षेत्रीय सहयोग हुँदै आएको छ। ज्क्ष्ऋम्एको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार वृद्धि गर्नुका साथै वृद्धि र विकास हासिल गर्न नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दुतावास प्रतिनिधि मनिष दासले जानकारी दिनुभयो ।
भारतीय दतावासले नेपालको शिक्षा, स्वास्थ्य पूर्वाधार उर्जा, विपद व्यवस्थापन र सामुदायिक विकास क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउादे आएको छ । सहयोगहरुले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म नेपालको विकास प्‌क्रियामा प्रत्यक्ष प्रभाव पारेको छ ।

IMG 20251219 WA0004

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु