२०८२ माघ २२, बुधबार
नयाँ
पछिला अपडेट

प्रमाणपत्रमा देखिएको त्रुटि सच्याउन माग गर्दै जेन्जी युवा बाराद्वारा शिक्षा मन्त्रीलाई ज्ञापन

२०८२ पौष ६, आईतबार मा प्रकाशित ( महिना अघि) ४०५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,६ पुसः प्रमाणपत्रमा देखिएको त्रुटि सच्याउने सेवा विकेन्द्रीकरण र अनलाइन प्रणाली लागू गर्न माग गर्दै जेन्जी युवा बाराले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा तीन बुँदे ज्ञापन पत्र बुझाएको छ । आइतबार शिक्षा मन्त्री महावीर पुनलाई भेटी सी(एसइइ) परीक्षा र कक्षा १२ को प्रमाणपत्रमा भएको त्रुटि सच्याउने सेवा विकेन्द्रीकरण तथा अनलाइन प्रणाली लागु गरिदिन मागसहित आग्रह गर्दै जेन्जी युवा बाराले मागसहित ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला जेब–जी संयोजक सम्राट उपाध्याय र जीतपुरसिमरा जेन्जी नगर अध्यक्ष राजबहादुर क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राखिएको तीन बुँदे मागहरुमा प्रमाणपत्रमा त्रुटि सच्याउने प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने जिल्ला वा प्रदेश स्तरमै सेवा उपलब्ध गराई सेवा विकेन्द्रीकरण गर्ने र सम्पूर्ण प्रक्रिया सरल, छरितो, पारदर्शी तथा विद्यार्थीमैत्री बनाइयोस् भन्ने रहेको छ ।

हेर्नुहोसः

FB_IMG_1766316366821

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु