२०८२ माघ २२, बुधबार
नयाँ
पछिला अपडेट

अपाङ्गता अधिकारसम्बन्धी स्थानीय नेतृत्व तथा सरोकारवालाहरूसँगको एक दिने कार्यशाला गोष्ठी सम्पन्न

२०८२ माघ २१, मंगलबार मा प्रकाशित ( घण्टा अघि) ९८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २० माघः बाराको सिमरामा अपाङ्गता अधिकारसम्बन्धी स्थानीय नेतृत्व तथा सरोकारवालाहरूसँगको एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एविलिस फाउण्डेशनको आर्थिक सहयोग तथा जीतपुरसिमरा उपमहानगरपालिकाको समन्वय र नेपाल अपाङ्ग सेवा सँघ बाराको आयोजनामा मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अपाङ्गता मानव अधिकार र विकासका सवाल, दीगो विकासका लक्ष्यहरूमा अपाङ्गता, समावेशी सूचकहरू, सिआरपिडीका आठ सिद्धान्त, विद्यालय शिक्षामा अपाङ्गताका समस्या, सवाल, समावेशी शिक्षा, अपाङ्गमैत्री सिकाइ वातावरण, स्थानीय तहमा समावेशी शिक्षा कार्यान्वयनमा सरोकारवालाको भूमिका, समावेशीकरण, समानता, समता र सामाजिक न्याय, श्रोत व्यवस्थापन र योजनाजस्ता महत्वपूर्ण विषयमा अन्तरक्रिया छलफल गरिएको बताइएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा तथा मानव श्रोत केन्द्र, विशेष शिक्षा समिति सदस्य डा.विरेन्द्रप्रसाद पोख्रेल, निर्देशक रामप्रसाद शर्मा, शाखा अधिकृत दीपक माझीले आआफ्‌नो प्रस्तुति दिनुभएको थियो ।

1000017395
नेपाल अपाङ्ग सेवा सँघ बाराका अध्यक्ष गङ्गा प्रसाद वाग्लेको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा जीतपुसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, शिक्षा तथा समन्वय एकाइ बाराका प्रमुख अशोक रौनियार, नगर शिक्षा शाखा प्रमुख शिवजी प्रसाद, वडाध्यक्ष, शिक्षा अधिकृत हरिश भट्ट, श्रोतकक्षा सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, फरक क्षमता भएका विभिन्न व्यक्तिहरुलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल अपाङ्ग सेवा संघ बाराका सदस्य खड्क श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

1000017393

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु