२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा गोेल्डकपको तेस्रो खेलमा बागमती विजयी /शुक्रबार धनगढी र मकवानपुर खेल्ने ।

२०७८ बैशाख २, बिहिबार मा प्रकाशित ( साल अघि) ८३९ पाठक संख्या

सिमरा, २ बैशाख
बागमती युवा क्लब सर्लाहीले सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा स्थान पक्का गरेको छ ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा सडन डेथबाट निकालिएको हो ।
सडन डेथमा बागमतीका गोलरक्षक अरुण ब्लोनले गोल गरे भने सेन्ट्रल कलेज भरतपुर एफसीका प्रज्वल थापाको प्रहार क्रस बार माथिबाट बाहिरिएको थियो ।
नकिै प्रतिस्पर्धात्मक बनेको प्रतियोगितामा खेल अवधीभर पाएका थुप्रै राम्रा अवसरको सदुपयोेग गर्न नसक्दा सेन्ट्रल कलेज भरतपुर एफसी पहिलो खेलबाटै बाहिरिनु परेको छ ।
प्रतियोगितामा भोलि सुदुरपश्चिम ११ स्पोर्टस् क्लव धनगढी र एफसी विजय युथ हेटौँडा बीच खेल हुने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु