२०८२ जेष्ठ २६, आईतबार
नयाँ
पछिला अपडेट

अवसर पाए महिला साहित्यमा राष्ट्र र विश्व अनुभव समेटिन सक्ने डा. रेणुका सोलु

२०७८ बैशाख ११, शनिबार मा प्रकाशित ( साल अघि) ११११ पाठक संख्या

सीता अधिकारी, सयपत्री
अवसर पाए महिला साहित्यमा राष्ट्र र विश्व अनुभव समेटिन सक्ने डा. रेणुका सोलुले बताउनुभएको छ । अन्तराष्टिय नेपाली समाज ईन्सद्वारा आयोजित विश्व नेपाली साहित्य सम्मेलनको दोस्रो दिन आफ्नो कार्यपत्र प्रस्तुत गर्दै डा. सोलुले महिला लेखकले अवसर पाउने हो भने उनीहरूको भावना र लेखाइले उच्च शिखर छुने धारणा व्यक्त गर्नुभयो । ‘नेपाली साहित्यमा महिलाहरूको वर्तमान अवस्था, चुनौती र अवसर’ शीर्षकमा डा. रेणुका सोलुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विश्व नेपाली साहित्य सम्मेलनको भर्चुवल कार्यक्रममा डा. सोलुले उक्त्त कार्यपत्र प्रस्तुत गर्नुभएको हो । कार्यपत्रमा नेपाली साहित्यमा महिलाहरूको सुरुवाती लेखन धर्मसम्बन्धीबाट सुरु हुँदै घरव्यवहार र अहिले राष्ट्र तथा विश्व अनुभव व्यक्त गर्न थालेको बताउनु भएको थियो । साथमा महिला कविहरू नीतु खतिवडा (इजरायल), नमिता दवाडी (न्युजिल्यान्ड), शुभद्रा थापा भन्डारी (अस्ट्रिया), लिली अधिकारी (नेपाल), शुभलक्ष्मी कोईराला (नेपाल), इन्दिरा चामलिङ (बेल्जियम), सीता अधिकारी (नेपाल) ले आफ्ना काव्य रचनासमेत वाचन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु