सीता अधिकारी, बारा
बाराको जीतपुर सिमराको छातापिपरामा रहेको त्रिवेणी स्पिनिङ मिल्स प्रालिमा मजदुर व्यवस्थापन पक्षबीचमा भएको झगडाको विषयमा संयुक्त टेड यूनियन केन्द्रले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति प्रकाशित गरी केन्द्र ९व्त्ग्ऋऋ० ले फेरि पनि मजदुर र व्यवस्थापन बीच यस्तो हर्कत दोहोरिए आफूहरु कडा आन्दा लन गर्ने चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा संयुक्त टेड यूनियन केन्द्रका लागि अखिल नेपाल टेड यूनियन महासँघका अध्यक्ष एवं संयुक्त टेड यूनियन केन्द्र प्रदेश २ का अध्यक्ष अर्जुन चिमोरिया, नेपाल टेड यूनियन महासँघ प्रदेश २ का अध्यक्ष कमलेश झा, नेपाल टेड यूनियन काँग्रेस प्रदेश २ का अध्यक्ष लक्ष्मण लाल कुर्मी र समाजवादी टेड यूनियन महासँघका केन्द्रीय उपाध्यक्ष विन्देश्वर प्रसाद यादवले विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।