२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मैत्रीटोलमा सडक ढलानको शुभारम्भ

२०७८ बैशाख २०, सोमबार मा प्रकाशित ( साल अघि) ११३३ पाठक संख्या

सयपत्री अनलाइन्,
सिमरा, बैशाख २० ः बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ मैत्रीटोलमा आज सडक ढलान कार्यको शुभारम्भ गरिएको छ । उपमहाानगरपालिकाका उपप्रमुख सरस्वतीदेवी चौधरी र वडा नं १ का वडा प्रतिनिधि रामचन्द्र लामाले संयुक्त रूपमा उक्त सडक ढलान कार्यको शुभारम्भ गर्नुभएको हो । कुल २२ लाख २२ हजार ७ सय ४८ रुपियाँको लागतमा निर्माण हुदै गरेको आयोजनामा उपमहानगरको २० लाख तथा जनश्रमदान २लाख २२ हजार ७ सय ४८ रुपिया गरी कुल २२ लाख २२ हजार ७ सय ४८ रुपियाँको लागतमा बाटो तथा नाला निर्माण गरिन लागेको उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका प्राविधिक, पत्रकार, स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु