२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आमाका अनुभूति आमाकै आवाजमाःआमा दिवस कार्यक्रम सम्पन्न

२०७८ बैशाख २६, आईतबार मा प्रकाशित ( साल अघि) ८२० पाठक संख्या

सीता अधिकारी
सिमराः मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रमको आयोजना गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेनुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना आमाहरूले आफ्ना फरक फरक अनुभूति प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक गीता खनाल, चितवनकी आमा पद्मा अधिकारी, नेपालगञ्जकी आमा सुशीला शर्मा र नुवाकोटकी आमा उमा कुमारी भण्डारीले आफ्नो बाल्यकालिन अवस्था, तत्कालिन समाजले छोरीलाई हेर्ने दृष्टिकोण, तत्कालिन समयमा महिलाको अवस्था र वर्तमान अवस्थामा अन्तर, छोराछोरीलाई आफ्ना अभिभावकले दिने शिक्षा, व्यवहार र संस्कार, महिला सशक्तीकरणका लागि अर्थोपार्जन आवश्यक भएको विचार व्यक्त गर्नुभएको थियो ।
अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका महासचिव शुभद्रा भण्डारी, सचिव लिली अधिकारी , सोम अनुराग र दीक्षा भण्डारीले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो भने सीता अधिकारीको स्वागत रहेको थियो ।
त्यस्तै, कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) का अध्यक्ष अर्जुन घिमिरे, महासचिव अर्जुन श्री , उर्मीला निर्दोषी, नजबुल खान, राजेश राई, नितु खतिवडा, शुभलक्ष्मी कोइराला, आँचल शर्मा, झलक बुढाथोकी, ईश्वर राई, दुर्गा भवानी भट्ट लगायतले आफ्ना रचना वाचन तथा मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाली समयानुसार साँझ पाँच बजे सुरु भएको कार्यक्रमलाई जुम अनलाइन मार्फत प्रशारण गरिएको थियो भने कार्यक्रमलाई फेसबुक लाइभ पनि गरिएको थियो ।
अन्तरराष्ट्रिय नेपाली समाज नेपालीहको एक बिशुद्ध सामाजिक संस्था हो। समाजले नेपाली भाषा, साहित्य, कला, आर्थिक, सामाजिक रुपान्तरणको लागि काम गर्ने धेय राखेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु