२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

समस्यामा परेका पाँच परिवारलाई संङ्गालो सहकारीद्वारा राहत वितरण

२०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित ( साल अघि) ७९४ पाठक संख्या

बिदुर खडका
सिमरा,१४ जेठ ः कोरोना महामारी र निषेधाज्ञाका कारण समस्यामा परेका बारा जीतपुरका पाँच घरपरिवारलाई आज राहत वितरण गरिएको छ । संङ्गालो बचत तथा ऋण सहकारी संस्था सिमराले आफ्नो १० औँ स्थापना दिवसको अवसर पारेर राहत सामग्री वितरण गरेको हो ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७,नसिमटोलाका ५ परिवारलाई खाद्यान्न सामग्री बितरण गरिेएको संङ्गालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो । ,स्थानीय सरकार र जनप्रतिनिधिहरूले राहत बितरणमा चासो नदिएपनि भोकमरीले सताइएका बालबालिकालाई ८,१० दिनका लागि राहत हुने भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् ।
घरबाट कहिल्यै बाहिर ननिस्किएका जस्ता देखिने ती मुस्लिम महिलाहरूलाई केही दिन अघि समाचार सङ्कलनका क्रममा हिँड्दै गर्दा ज्यामी काम पाइन्छकी भनि भौँतारिरहेका अवस्थामा सञ्चारकर्मी विदुर खड्का, सीता अधिकारी लगायतले भेटेका थिए । उनीहरूको दयनीय अवस्था देखेपछि राहतको लागि सबैतिरबाट पहल गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु