२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सेक्युरिटी गार्डहरूप्रति सरकारले चरम बिभेद गरेको केन्द्रीय अध्यक्ष ढकालको भनाइ

२०७८ अषाढ ३, बिहिबार मा प्रकाशित ( साल अघि) ५४० पाठक संख्या

बिदुर खडका
सिमरा, ३ असारः अखिल नेपाल सेक्युरिटी मजदुर सँघका केन्द्रीय अध्यक्ष लक्ष्मी ढकाल ले २ लाख सेक्युरिटी गार्डहरूप्रति सरकारले चरम बिभेद गरेको गुनासो गर्नुभएको छ ।
सरकारी संम्पतिदेखि देशका शक्तिशाली योजनाहरूको सुरक्षा दिँदैआएका सेक्युरिटी गार्डहरूलाई कोभिड विरुद्धको खोपसमेत नदिएर सरकारले चरम बिभेद गरेको ढकालको भनाइ छ ।
कोभिडको समयमा सरकारी निकायका एकै प्रकृतिका काममा खटिएका सुरक्षाकर्मीहरूलाई खोप तथा सेवा सुबिधा दिईने गरेको भएपनि सेक्युरिटी गार्डहरूलाई बिभेद गरिएको भन्दै सरकारलाई ज्ञापन पत्रसमेत बुझाइएको ढकालले बताउनुभयो ।
उहाँले हालको सरकार गरिखाने श्र्रमजीबि बर्गको सरकार नभएकोले मजदुर बर्गमा सरकारप्रति उदासिनता आउन थालेको पनि बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु