२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ज्यान जानुमा उद्योगको लापरवाही र सरकारी उदासिनता भएको मजदुरहरूको गुनासो

२०७८ अषाढ ७, सोमबार मा प्रकाशित ( साल अघि) ३८८ पाठक संख्या

बिदुर खडका
सिमरा, ७ असारः उद्योगको लापरवाही र सरकारको उदासिनताका कारण जगदम्बा स्टिलमा काम गर्ने मजदुरहरूले अनाहकमा ज्यान गुमाउनु परिरहेको मजदुरहरूले गुनासो गरेका छन् । पटक पटक उद्योगको लापवाहीका कारण निहत्था मजदुरले मृत्युवरण गर्नुपरिरहेकोमा उनीहरूले आफूहरू निरिह भएको भएर बस्न बाध्य भएको समेत बताएका छन् ।
मजदुर नेता बेनी तिमल्सेना स्थानीय र सरोकारवालाहरूले उद्योगको बिरोधमा बेला बेलामा सचेत गराएपनि उनीहरु नै बिकाउ भएका कारण उद्योग कमाई खाने भाँडो मात्र भएको बताउनुहुन्छ । तिमल्सेनाले आवाज बिहिनको आवाज र खबरदारि गर्ने स्थानीय र राष्टिय मिडियाले पनि उद्योगको लापरबाहिका बारेमा छिटपुट रूपमा मात्र आवाज उठाएको भन्दै दुखेसो पोख्नुभयो ।
गत शनिबार बेलुकी पनि कंम्पनीको फर्निस आयलको ट्यांङ्कीमा आगो लाग्दा २ जना भारतीय मजदुरको ज्यान गएको थियो भने ४ जना मजदुर घाईते भएका छन् । गत वर्ष पनि कबाड गलाउने भट्टीमा आगोलागी हुँदा १ जनाले ज्यान गुमाएका थिए भने २ जना घाईते भएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु