२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

महामारी र लकडाउनको मारमा परेका विपन्न तथा असहाय परिवारलाई रेडक्रसको नगद सहारा

२०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ( साल अघि) ४७८ पाठक संख्या

बिदुर खडका
बारा, १० असारः कोरोना महामारी र लकडाउनको मारमा परेका विपन्न तथा असहाय परिवारलाई नेपाल रेडक्रस सोसाईटी सिमरा शाखाको पहलमा राहत रकम वितरण गरिएको छ । बारा को ४ वटा नगरपालिकाहरूका अति बिपंन्न असहाय परिवारलाई नगद रु ५ हजारका दरले सहयोग गरिएको हो । रकम पाउनेहरूमा जीतपुरसिमरा उपमहानगरपालिकाका सुत्केरी, अपाङ्ग, र विपन्न रहेका छन् । यस पालिकाभित्रका ३२ परिवारलाई नगद ५ हजारका दरले राहत रकम बितरण गरिएको रेडक्रस सिमरा शाखाका प्रमुख शिव शर्माले बताउनुभयो ।

FB_IMG_1624535104845

राहतका लागि रेडक्रसको छनोटमा परेका नगरहरूमा जीतपुर सिमरा उपमहागरपालिका, नीजगढ नगरपालिका, गढीमाई नगरपालिका , पचरौता नगरपालिका रहेका छन् । कुल १सय २० घरपरिवारलई ५ हजारका दरले सहयोग गरेको शर्माको भनाई छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु