२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

५० प्रतिशत व्यवसाय सञ्चालनको माग गर्दे होटल तथा पर्यटन व्यवसायीको प्रजिअलाई ज्ञापन

२०७८ अषाढ १३, आईतबार मा प्रकाशित ( साल अघि) ६७० पाठक संख्या

 

सिमरा, १३ असारःस्मार्ट लक्डाउन अन्तरगत स्वास्थ मापदण्ड भित्र रहेर ५० प्रतिशत क्षमतामा होटल तथा पर्यटन ब्यवसाय सञ्चालनको माग गर्दे होटल तथा पर्यटन ब्यवसायी संघ बाराले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसनका केन्द्रिय परिषद अध्यक्ष तथा संघका संरक्षक सल्लाहकार युवराज लामाको विशेष उपस्थितिमा प्रदेश २ का पर्यटन अभियन्ता, संघका अध्यक्ष मोहन शर्माले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष ज्ञापन पत्र वाचन गरी बुझाउनुभएको हो ।

FB_IMG_1624790945730

 

ज्ञापनपत्रमा व्यवसायी र सम्बन्धित कर्मचारीलाई सहज रुपमा भ्याक्सिन उपलब्ध गर्न गराउन , बैंकको ब्याज मिनाहा तथा पुनरकर्जाको दायरा फराकिलो बनाउन, घरभाडा कर साथै विभिन्न किसिमका अनावश्यक करहरु खारेज गरि सहुलयित प्रदान गर्न पहलकदमी लिनको लागि समेत अनुरोध गरिएको छ।

उक्त अवसरमा होटल तथा पर्यटन व्यवसायी संघका प्रथम उपाध्यक्ष अर्जुन लम्साल , पर्यटन सहकारीका अध्यक्ष एवं संघका उपाध्यक्ष प्रल्हाद उप्रेती , महासचिव शम्भु खडगी, सहसचिव ईकाइ नीजगढका अध्यक्ष प्रभात सिग्देल र आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश सदस्य समेत रहेका ईकाइ नीजगढका उपाध्यक्ष रामकृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो।

FB_IMG_1624790836678

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु