२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आउँदो आइतबारदेखि बारामा होटल, पर्यटन र यातायात खुल्ने भएपछि होटल व्यवसायीहरू खुसी

२०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

सिमरा, १८ असारः आउँदो आइतबारदेखि बारा जिल्ला भित्रका होटल र यातायात खुल्ने भएपछि यहाँका होटल व्यवसायीहरू खुसी भएका छन् । डीसीसीएमसी र जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीबाट यही असार १९ गते राति १२ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी जारी आदेशमा वेड क्षमताको ५० प्रतिशत होटल व्यवसाय सञ्चालन गर्न पाउने भएपछि होटल व्यवसायी खुसी भएका हुन् । गत असार १३ गते होटल तथा पर्यटन व्यवसायी महासँघको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी समक्ष होटल तथा पर्यटन व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड अप्नाइ सञ्चालन अनुमति दिन माग गरेको थियो । आफ्ना पहलमा गरिएका मागहरूको सम्बोधन भएकोमा होटल तथा पर्यटन व्यवसायी महासँघ प्रदेश २ का महासचिव एवं जिल्ला अध्यक्ष महोहन शर्मा लामिछानेले खुसी व्यक्त गर्नुभएको छ । साथै निजी तथा सार्वजनिक यातायात सुरक्षा मापदण्ड अप्नाउँदै जोर विजोर प्रणालीमा चलाउन पाउने आदेश भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित जारी आदेशमा व्यापार व्यवसाय विहान ६ बजेदेखि साँझ  ६ बजेसम्म सञ्चालन गर्न सकिने बताइएको छ । तर विद्यालय, क्याम्पस, तालिम, प्रशिक्षण, गोष्ठी  भौतिक उपस्थितिमा सञ्चालन गर्नका लागि निषेध गरिएको छ ।
हेर्नुहोस्

Facebook_1625229884106_6816708203826656423

Facebook_1625229899509_6816708268431705242

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु