२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

आपसी समझदारीपछि प्रशासकीय प्रमुख पोख्रेल आजदेखि नियमित काममा फर्किए

२०७८ अषाढ २४, बिहिबार मा प्रकाशित ( साल अघि) ६११ पाठक संख्या

सिमरा, २४ असारः जीतपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख चेतप्रसाद पोखरेल आजदेखि नियमित काममा फर्कनु भएको छ । वडा नं ४ का वडाअध्यक्ष एवं कार्यपालिका सदस्यसँगको विवादका कारण कार्यालय छाडेर जानु भएका प्रमुख प्रशासकीय अधिकृत पोख्रेल आपसी समझदारी भएपछि नियमित कामकाजमा फर्कनुभएको हो ।

1624364141562 (1)

असार मसान्तका बेला प्रमुख प्रशासकीय अधिकृतले नै कार्यालय छाडिदिँदा जनताले सास्ती खेप्नुपर्ने, योजना भुत्तानी नहुने तथा नगरसभा नै प्रभावित हुने भएपछि वडाध्यक्ष एवं कार्यपालिका सदस्य भोजबहादुर खत्री र प्रमुख प्रशासकीय अधिकृत चेतप्रसाद पोख्रेलवीच आत्मालोचनासहित आपसी समझदारी कायम भएको बताइएको छ । जनताले प्रशासकीय प्रमुख नियमित काममा फर्केपछि चुस्त दुरुस्त सेवाको अपेक्षा गरेका छन् ।
मंगलबार वडाध्यक्ष खत्री र प्रशासकीय प्रमुख पोखरेल बीच रकमान्तरका विषयमा विवाद उत्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु