२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

पथलैया अमलेखगञ्जमा खानेपानी समस्या समाधान गरिछाड्ने मन्त्री शर्माको प्रतिवद्धता

२०७८ अषाढ २४, बिहिबार मा प्रकाशित ( साल अघि) ९२४ पाठक संख्या

सिमरा, २४ असारः वर्षौंदेखि खानेपानी समस्याबाट ग्रसित अमलेखगञ्जमा पथलैयाबाट पानी लगेर भएपनि खानेपानीको समस्या समाधान गरिछाड्ने प्रतिवद्धता व्यक्त भएको छ । नेपाली काँग्रेसका नेता एवं प्रदेश नं. २ का खानेपानी तथा ऊर्जा विकास मन्त्री ओम प्रकाश शर्माले अमलेखगञ्जमा खानेपानी पुर्‍याउन सकिनेबारे सम्भाब्यता अध्ययन गरी तत्काल काम अघि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।

1625755331142

पथलैयास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा रहेको ओभरहेड ट्यांकीको क्षमता बिस्तारका लागि नेपाली काँग्रेस बाराबाट जनकपुर पुगेको टोलीलाई मन्त्री शर्माले खानेपानी समस्या समाधान गरेरै छाड्ने प्रतिवद्धता व्यत्त गर्नु भएको हो । प्रदेश सभा सांसद शोभा लामाको नेतृत्वमा मन्त्रालय पुगेको टोलीसँग मन्त्री शर्माले अमलेखगञ्ज पथलैयामा निर्माण हुने ट्यांकीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्ने गरी योजना अघि बढाउन राय दिएको टोलीमा सहभागी नेपाली काँग्रेसका जीतपुरसिमरा नगर सभापती श्यामबाबु गुप्ताले जानकारी दिनुभयो ।
अमलेखगञ्जमा अहिले चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी संकलन गरी त्यहाँस्थित उद्योग कलकारखानालगायत ६ सय ४२ घरधुरीलाई वितरण हुँदै आएको भएपनि बढ्दो जनसंख्या र सहरीकरणका कारण पानीको समस्या हुदै आएको छ ।
यसैगरी भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवलाई भेटी पथलैया क्षेत्रमा एउटा अत्याधुनिक सभा हल निर्माण गरिदिन समेत आग्रह गरिएको नगरसभापति गुप्ताले बताउनुभयो ।

1625755357726

यसैगरी महिला बालबालिका र खेलकुदका क्षेक्रमा समेत आकर्षक कार्यत्रम ल्याउने विषयमा मन्त्री विरेन्द्रप्रसाद सिंहसँग समेत आग्रह गरिएको बताइएको छ ।

1625755389903

टोलीमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ का नेपाली काँग्रेस वडा सभापति राम प्रसाद अधिकारी, जीतपुरसिमरा वडा नम्बर १का वडाअध्यक्ष हिरा बहादुर गुरुङ, पथलैया खानेपानी समितिका अध्यक्ष सुरेश लामा, सचिव मदन कंशकार लगायतको टोलीले तीनै जना मन्त्रीको कार्यकक्षमा पुगी आफ्ना समस्या समाधान गर्न राखेको आग्रहलाई पूरा गर्ने प्रतिवद्धताले पथलैया र अमलेखगञ्जलाई फाइदा पुग्नेमा आसा जागेको वडाध्यक्ष हिराबहादुर गुरुङले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु