२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सदस्यता वितरणमा धाँधली भएको भन्दै पूर्व सांसदसहित बाराली कांग्रेस धर्नामा

२०७८ अषाढ २७, आईतबार मा प्रकाशित ( साल अघि) ९०६ पाठक संख्या

 

काठमाडौँ, २७ असारः क्रियाशील सदस्यता वितरणमा धाँ धली भएको भन्दै बाराका चार वटै निर्वाचन क्षेत्रका नेता कार्यकर्ताहरुले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।बारा कांग्रेसका पूर्व सांसदद्धय लालबाबु सिंह र रामअयोध्याप्रसाद यादवसहित नेता कार्यकर्ताहरुले विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित मापदण्ड उल्लंघन गरेर वडा कार्यसमितिको निर्णय विना, पालिका, प्रदेश र क्षेत्रको बैठक नै नबसी किर्ते जालसाजी र षड्यन्त्र गरी पार्टी कब्जा गर्ने नियतले नयाँ क्रियाशील सदस्यता वितरण भएको भन्दै त्यस्तो नामावली खारेज गरी विधिअनुसार नयाँ क्रियाशील सदस्यता वितरणको माग गर्दै धर्नामा बसेका हुन् ।

1626001453187

राजनीतिक पूर्वाग्रह राखी धेरै नेता र कार्यकर्ताहरुको राजनीति हत्या गर्ने नियतले नवीकरणको फारम बुझाएर पैसा तिरेपनि नवीकरण रोकिएका क्रियाशील सदस्यहरुको अबिलम्ब नविकरण गर्नुपर्ने, केन्द्रीय छानविन समितिबाट रोकिएका १३ औँ महाधिवेशनको छुटको नामको १६६ जनाको नामावली र सो बराबरको नयाँ क्रियाशील सदस्यता अबिलम्ब खारेज गर्नुपर्ने, क्रियाशील छानविन समितिमा दिइएको निवेदनउपर अबिलम्ब कारवाही हुनुपर्ने, वडा कार्यसमितिको सिफारिस बिनाको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, केन्द्रीय मापदण्डअनुरुप वडा कार्यसमितिले सिफारिस गरेको, तर जालझmेल गरी रोकिएका व्यक्तिहरुलाई तत्काल नयाँ त्रियाशील सदस्यता प्रदान गर्नुपर्ने लगायत माग राखेर धर्नामा बसेको नेवि संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले बताउनुभयो ।

1626001453189

विद्यार्थी नेता रौनियारका अनुसार पचरौता नगरपालिकाका वडा नं. १, ६, ७, ८ र ९, महागढीमाई नगरपालिकाका वडा नं. १, २, ४, ६ र ७, सुवर्ण गाउँपालिका वडा नं. ४, करैयामाई गाउँपालिकाका वडा नं. २ र ५ गरी १३ वडामा क्रियाशील सदस्यताको फारम नै पुगेको छैन । यस्तै, अन्य पाँच वटा वडामा पदाधिकारी र कार्यसमितिको सहमति विनै सिफारिस गरिएको बताइएको छ ।

यस्तै, पूर्वसांसद लालबाबु सिंह, पूर्वजिविस सभापति राजेन्द्र यादव, नीजगढ नगरपालिकाका मेयर सुरेश खनाल, शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष रामविलास यादवसहित करिब तीन सय जना नेता कार्यकर्ताको सदस्यता नवीकरण फारम भराए पनि त्यसको विवरण केन्द्रमा नपठाएको पाइएको उनीहरुको आरोप छ ।
यस्तै, १३ औँ महाधिवेशनको क्रियाशील सदस्यता छुटको नाममा निजगढ नगरपालिकामा १६६ जनाको किर्ते नामावली राखिएको उनीहरुको आरोप छ ।
धर्नामा पूर्व सांसद लालबाबु िंसह, रामअयोध्या यादव, नेताहरु सुरेश खनाल, विजय गुप्ता, मनोज भट्ट, राजेन्द्र यादव, राजेश रौनियारलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु