२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

इन्सद्वारा आयोजित भानुभक्त जयन्ती विशेष कार्यक्रम समापन

२०७८ अषाढ २७, आईतबार मा प्रकाशित ( साल अघि) ८५४ पाठक संख्या

बारा, २७ असारः २सय ८ औं भानु जयन्तीको उपलक्ष्यमा अन्तराष्ट्रिय नेपाली समाजको भाषा साहित्य समितिद्वारा आयोजित भानुभक्तजयन्ती विशेष कार्यक्रमको दोस्रो दिन रचना वाचनको कार्यक्रम गरी समापन गरिएको छ ।

1625999933293

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले आफ्नो रचनासहित उद्घाटन मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि कवि शिव संकल्प, कवि लालगोपाल सुवेदी र कवि शिव त्रिपाठीले भानुभक्तका रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भ सञ्चालन चैतन्य अधिकारीले गर्नुभएको थियो ।
यसैवीच रचना वाचन कार्यक्रमलाई महालक्ष्मी अधिकारीले अगाडि बढाउनुभएको थियो । रचना वाचन गर्नेहरूमा अनुग्रह रानामगर, अरुण भेटवाल, अर्जुन श्री, इन्दिरा गौतम, उज्ज्वलराज भट्टराई, एलिजा हुमागाइँ, एस.पी उप्रेती, झलक बुढाथोकी, तेजबहादुर गुरुङ, दुर्गाभवानी भट्ट, नमिता दवाडी, प्रतिमा केसी, प्रमोद पाण्डे, प्रभा पन्त, भागिरथी प्रकृति, रोमकान्त सापकोटा, लिली अधिकारी, विक्रम याक्खा, विप्लवी तेन्जु योञ्जन, विन्दा पराजुली, बैद्यनाथ श्रमजीवी, शरद पोख्रेल, सुभद्रा भण्डारी, शुभलक्ष्मी कोइराला, शोभा दाहाल, सीता अधिकारी, सीता पन्थी, सुजनबाबु बस्नेत, सुप्रिया वस्नेत घिमिरे, किस्मत भण्डारी, बलबहादुर कार्की, प्रबिना बराल, विजयदत्त मणिलगायत रहनुभएको थियो ।
भाषा साहित्य समितिका अध्यक्ष डा. जानुका नेपाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अनतराष्टिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले दुईदिनसम्म सञ्चालित कार्यक्रमको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष दिनेश घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु