२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बारा काँग्रेसमा अभिभावक नै विभाजित हुँदा कार्यकर्ता चिन्तित

२०७८ श्रावण ११, सोमबार मा प्रकाशित ( साल अघि) ६८६ पाठक संख्या

काठमाडौँ, ११ साउनः नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालय सानेपामा बारा काँग्रेसका दुवै पक्ष धर्नामा बसेका छन् । बारा जिल्लाका काँग्रेस कार्यकर्ता भने दुवै पक्षका नेताहरूलाई कृयाशिल सदस्यता विवाद छिटो टुङ्ग्याएर जिल्ला फर्कन अपिल गरिरहेका छन् ।
सानेपामा एकापक्ष १६ दिनदेखि बारामा क्रियाशिल सदस्यता वितरणमा धाँधलीे भएको बिरोधमा धर्ना र आन्दोलन गरिरहेका छन् भने अर्को पक्ष आफूहरूले पठाएको क्रियाशिल नै ठीक हो भनि दावा गर्दै धर्नामा बसिरहेका छन् ।
। धर्नामा केन्द्रीय सदस्य उमाकान्त चौधरी, संविधानसभा सदस्यहरू लालबाबु सिंह , राम अयोध्या यादव, नेताहरू रामनन्द यादव, जिल्ला सचिव मनोज भट्ट, ३ न. क्षेत्रका क्षेत्रीय सभापति मुकेश कुशवाहा, नीजगढका मेयर सुरेश खनाल, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, युवा नेता राजेश रौनियारलगायत रहेका छन।
यस्तै आफूहरूले पठाएको क्रियाशिल नै ठीक हो भनि दावा गर्दै अर्को पक्ष पनि धर्नामा बसिरहेका छन् । केन्द्रिय सदस्य राधेचन्द्र यादव, केन्द्रिय सदस्य फरमुलाह मन्सुर, जिल्ला सभापति जयचन्द्र चौरसिया लगायत धर्नामा बसेका छन् ।
यता जिल्ला तहमा भने कार्यकर्ताहरूले विवाद छिटो टुङ्ग्याएर दुवै पक्षलाई जिल्ला फर्कन आग्रह गरिरहेका छन् । उनीहरूले आफ्नै नेता कार्यकर्ता गुट उपगुटमा विभाजित भै अन्तरकलह गर्दा अर्को पक्षले खेल्ने मौका पाउने भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्तो विभाजनले सिङ्गो पार्टीलाई नै नोक्सान पुर्याउने भएकोले नेतात्रय उमाकान्त चौधरी, फरमुला मन्सुर, राधेचन्द्र यादवले विवाद समाधान गर्नुपर्ने कार्यकर्ताहरूको ठहर छ । उनीहरू भन्छन्, “अभिभावक नै पक्ष विपक्षमा उभिँदा बाराको काँग्रेसको राजनीति आउँदो दिनमा संकटग्रस्त हुने देखिन्छ, यसको जिम्मेवारी सम्बन्धित नेताले लिनुपर्छ ।” भन्ने गुनासो चोक चौतारामा काँग्रेस बुद्धिजीवी र पुराना कार्यकर्ता र शुभचिन्तकको भनाइ छ ।
उता काङ्ग्रेसका युवा नेता राजेश रौनियार पार्टीको नेतृत्व वर्ग खासमा समस्या समाधानप्रति उदासिन रहेकाले अन्तिम लडाइँलाई निस्कर्षमा पुर्याउन जुनसुकै हदसम्म आन्दोलन गर्ने तयार रहेको बताउँछन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु