२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

विवादका वीच पाँचौँ नगरसभा सुभारम्भः समेटिनुपर्ने कुरालाई नछुटाउन नगर सदस्यहरूको आग्रह

२०७८ श्रावण २२, शुक्रबार मा प्रकाशित ( साल अघि) ७५० पाठक संख्या

सिमरा, २२ साउनः विवादका वीच जीतपुरसिमरा उपमहानगरपालिकाको पाँचौँ नगरसभा आज सुभारम्भ भएको छ ।

1628244665497

नगर सदस्यहरूले नीति तथा कार्यक्रममा समेटिनुपर्ने कुरालाई नछुटाउन आग्रह गरेका छन् ।

नगरसभामा नगरको नीति, योजना र बजेट सिलिङ प्रस्तुत नगरी वडा सदस्यहरूको कुरा राख्न लगाइएको थियो । सर्वप्रथम महिलाहरूलाई कार्यक्रममा आफ्ना भनाइ राख्न दिइएको थियो । त्यसैगरी दलित तथा अल्पसङ्ख्यकलाई आफ्ना भनाइ राख्न दिइएको थियो भने त्यसपछि जनजाति र अन्यलाई आफ्ना भनाइ राख्ने मौका दिइएको थियो । कार्यक्रममा नगरसभा सदस्यहरूले ०७४ देखिको हिसाब किताब देखाउन माग समेत गरेका थिए ।
जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्यहरूले भ्रष्टाचार नियन्त्रण, रोजगारीको व्यवस्था, स्वास्थ्य सुरक्षा, शिक्षामा एकरूपता, महामारी तथा प्राकृतिक विपत्तिले हातमुख जोड्न नपाउनेहरूलाई राहत तथा खाद्यान्नको व्यवस्था, नगरभित्रको फोहोरका व्यवस्थापन, नगरबाट सञ्चालित हरेक कार्यक्रमको अनुगमन, मूल्याङ्कन लगायतका कुराहरूलाई योजनामा समेट्नुपर्ने जनाएका थिए । साथै महिला, बालबालिका, जेष्ठ नागरिकका क्षेक्रमा गरिएका कार्यत्रमहरू र दलितका लागि भएका कार्यक्रमहरू सम्बन्धित वर्गसमक्ष नपुगेको गुनासो समेत गरेका थिए । यसरी भनाइ राख्नेहरूमा रामचन्द्र लामा, रामदास धैजु, रामचन्द्र अधिकारी, धनबहादुर श्रेष्ठ, श्यामसुन्दर पासवान, रिङ्कु पाख्रिन, अमरुन नेशा लगायतका रहेका थिए ।
कार्यक्रममा उपप्रमुख सरस्वतिदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोख्रेल, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी र सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।

1628244665509

1628244665504

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु