२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

अनेसास नेपालको काव्यउत्सव सम्पन्न

२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ( साल अघि) ६१० पाठक संख्या

सिमरा,३० साउनः अन्तराष्टिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको काव्य उत्सव सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबारमा गरिँदै आएको काव्य उत्सवमा यस पटक वर्षा र साउन शीर्षकमा कविहरूले आआफ्ना कविता वाचन गरेका थिए ।

1628941431362

अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहारीको कविता वाचनबाट कार्यक्रमको सुभारम्भ भएको थियो । काव्य उत्सव समितिका संयोजक पुष्पा खनालको संयोजकत्वमा सम्पन्न काव्य उत्सवमा राजेन्द्र सलभ, निला घिमिरे, गीता मैनाली, इन्दु पन्त, सुमन वर्षा, राधिका कल्पित, सीता अधिकारी, सरिता तुलाधर, मनिराज सिंह, दिव्य गिरी लगायतका कविहरूले आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।

1628943278517

कार्यक्रममा प्रस्तुत रचनाहरूको शान्ति रिसालले मिहिन ढङ्गले समालोचकीय दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । भर्चुवल विधिबाट सञ्चालित कार्यक्रम करिब एक घण्टाको रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु