२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

औधोगिक प्रदुषणको असर र व्यवस्थापन सम्बन्धिको अन्तरक्रिया सिमरामा सम्पन्न

२०७८ भाद्र १, मंगलबार मा प्रकाशित ( साल अघि) ११९७ पाठक संख्या

सिमरा, १ भदौः औधोगिक प्रदुषणले जलवायु परिवर्तनमा पार्ने असर र प्रदुषण व्यवस्थापन सम्बन्धिको अन्तरक्रिया बाराको सिमरामा सम्पन्न भएको छ ।

1629191617333

प्रदेश २ अन्तरगत आठवटै जिल्लाको जलवायु परिवर्तनका क्रममा आएको परिवर्तनलाई व्यवस्थापनका लागि रणनीति र कार्ययोजना बनाउन नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले आयोजित स्थानीय सरोकारवालासँगको अन्तरक्रिया मंगलबार सम्पन्न भएको हो । वन तथा वातावरण मन्त्रालय अन्तरगतको जलवायु परिवर्तन व्यवस्थापन विभागसँग सम्बन्धित टोलीले सिमरामा रहेका उद्योग कलकारखानाको अवस्था, प्रदुषण, नियन्त्रणका उपाय, औधोगिक ऊर्जास्रोतको विषयमा अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा हरित गृहको विकास, औधोगिक अनुगमन तथा निरीक्षणलाई निरन्तरता, महिला श्रमिकको अवस्था, सामाजिक उत्तरदायित्व, फोहोर व्यवस्थापन, यान्त्रिक उपकरणको उचित प्रयोग, इआइएको सुझाव कार्यान्वयन गर्नुपर्ने जस्ता पक्षमा छलफल भएको थियो । साथै कार्यक्रममा अनुगमनमा एकद्वार पद्धति, विद्युतको समस्या समाधान, कोइला र छाली प्रयोग नगरी विकल्पको खोजी गर्न सुझाइएको थियो ।
कार्यक्रममा वन तथा वातावरण विज्ञ हरिनारायण मण्डल, जीतपुर सिमरा उपमहानगरपालिका वातावण इञ्जिनियर पुष्पा सिंह,  नेपाल पत्रकार महासँघ बाराका अध्यक्ष रेशम तिवारी, युवा नेता राजन पौडेल, मनोज पौडेल , भोला अधिकारी, ट्रेड
युनीयनकर्मी विनोद मण्डल, कमलेश झा, वन तथा वतावरणीय क्षेत्रका अमृतलाल श्रेष्ठ, गणेशजी साह, कुवेर न्यौपान, विनोद सापकोटा, रामप्रसाद अधिकारी लगायत सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।
अध्ययन टोलीका संयोजक दीपेन्द्र जोशीले सञ्चालन गर्नुभएको अन्तरक्रिया कार्यक्रमको समापन गर्दै जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेले औधोगिक प्रदुषणलाई न्यूनीकरण गरी जलवायु परिवर्तनलाई व्यवस्थापन गर्न सके पर्यापर्यटनका क्षेत्रमा सिमरा आसपासका क्षेत्रले आर्थिक तथा व्यवसायिक फड्को मार्न सक्ने बताउनुभयो । अध्ययन टोलीले २ नं प्रदेशका आठ जिल्लामध्ये बाराको सिमरामा उद्योग सम्बन्धी, बर्दीवासमा वनजंगल सम्बन्धी, सिराहामा फोहोरमैला व्यवस्थापनसम्बन्धी र महोत्तरीमा बाढी, डुवान र यसका असरसम्बन्धी अध्ययन अनुसन्धान गरी आगामी रणनीति र कार्ययोजना बनाइ सम्बन्धित निकायमा पेश गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु