२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा बजारमा पुनःसीसीक्यामेरा जडान

२०७८ भाद्र ३, बिहिबार मा प्रकाशित ( साल अघि) ५८८ पाठक संख्या

सिमरा, ३ भदौः बजारलाई सुरक्षित राख्नका लागि बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तरगतको सिमरा बजारमा पुनःसीसीक्यामेरा जडान भएको छ । सिमरा बजार, सिमराका नागरिकको शान्ति सुरक्षा साथै व्यवसायीहरूलाई सुरक्षा प्रत्याभूतिका लागि सीसी क्यामेरा पुनः जडान तथा मर्मत सम्भार गरिएको हो ।

1629383487156

केही क्यामेरा पहिलेकै मर्मत गरिएको र केही कयामेरा थप गरिएको छ । मुख्य राजमार्गमा १२ वटा क्यामेरा र सिमरा बजारका मुख्य चोकहरूमा १२ वटा क्यामेरा जडान गरिएको छ । सिमराको हुलासदेखि सिप्रदीसम्म करिब २४ वटा सीसीक्यामेरा जडान भएको सीसीक्यामेरा व्यवस्थापनका समितिका सचिव एवं पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेले बताउनुभयो ।
केही वर्ष अगाडिदेखि सिमराबजारमा सीसीक्यामेरा जडान गरिएको भएपनि छ लेनको सडक निर्माणका क्रममा सीसी क्यामेरा अस्तव्यस्त भएका थिए । सीसीक्यामेरा व्यवस्थापनका समितिमा इलाका प्रशासन कार्यालयका प्रमुखको अध्यक्षता, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख उपाध्यक्ष, नीजि क्षेत्रका तर्फबाट मोहन शर्मा लामिछाने सचिव, महिलाका तर्फबाट कमला अधिकारी कोषाध्यक्ष रहनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु