२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

जीतपुरको सडकमा डिभाइडर नराख्न युवा समितिको ज्ञापन, बजारका तीन मुख्य ठाउँमा बाटो खुल्ला छाडिने योजना प्रमुखको भनाइ

२०७८ भाद्र ४, शुक्रबार मा प्रकाशित ( साल अघि) ५२४ पाठक संख्या

सिमरा,४ भदौः वीरगञ्ज पथलैया सडक खण्डको जीतपुर बजारमा डिभाइडर नराख्न भन्दै युवा संघर्ष समितिले छ लेन व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयालाई ज्ञापन पत्र बुझाएको छ । डिभाइडरको प्रयोगले जीतपुर बजारको व्यवसायमा धक्का पुग्ने भन्दै डिभाइडर प्रयोग नगर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो । युवा संघर्ष समितिका अध्यक्ष मनोजकुमार साहद्वारा जारी ज्ञापनपत्रमा जीतपुरबजारको मुख्य सडक खण्डमा डिभाइडर प्रयोग नगरियोस भनिएको छ ।

1629444956123

यता छ लेन व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका योजना प्रमुख मनिषकुमार साहले यो सडक राजमार्ग भएको र सडक सुरक्षा अपनाउन पनि डिभाइडर प्रयोग गर्नुपर्ने बताउनुभयो । योजना प्रमुख साहले जीतपुर बजारका तीन मुख्य ठाउँमा भने डिभाइडर प्रयोग नगरी मोटरगाडी तथा मानिसलाई आवत जावतका लागि बाटो खुल्ला छाडिने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु