२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सङ्गालो साकोसको १० औँ साधारण सभा सम्पन्न, स्थापनाको १० वर्षमा १० करोड ६६ लाखको कारोबार

२०७८ भाद्र ५, शनिबार मा प्रकाशित ( साल अघि) ५९१ पाठक संख्या

 

सिमरा, ५ भदौः सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको १० औँ साधारण सभा आज शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

1629538501102१० वर्षअघि स्थापना भएको सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको झण्डै १० करोड ६६ लाखको कारोबार गरिरहेको संस्थाका कोषाध्यक्ष निराजन थापाले बताउनुभयो ।

1629541651045

हाल ३ सय २४ जना सेयर सदस्य रहेको संस्थाले ७ करोड ३४ लाखको निक्षेप संकलन र ८ करोड ८६ लाख लगानी गरेको कोषाध्यक्ष थापाले प्रतिवेदन प्रस्तुतिमा बताउनुभयो ।

1629538573401

कार्यक्रममा लेखापरीक्षण प्रतिवेदन संस्थाका लेखासमिति संयोजक राजकुमार सोडारीले प्रस्तुत गर्नुभएको थियो ।
उद्घाटन सक्रको कार्यत्रममा संस्थाका दुई उत्कृष्ट कारोवारी सावित्री क्षेत्री र अरुण चौधरीलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी संस्थाको उत्कृष्ट वचतकर्ताका रुपमा राजकुमार श्रेष्ठ र सानुमाया श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाले यस वर्षको उत्कृष्ट कर्मचारी सम्मान इन्दिरा थापालाई प्रदान गरेको छ ।

1629541684789

उद्घाटन सक्रको कार्यत्रममा बारा जिल्ला वचत संघका अध्यक्ष सतेन्द्र ठाकुर, पत्रकार विदुर खड्का, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख सुरेश लागे, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष, सञ्जय साह, नगर उद्योग वाणिज्य सँघका उपाध्यक्ष एवं पर्यटन अभियन्ता मोहन शर्मा लामिछाने, बारा जिल्ला वचत संघका उपाध्यक्ष एवं सप्तरङ्गी साकोसका अध्यक्ष राजु अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बचत सँघका सल्लाहकार गोविन्द पुडासैनी, सिए सरोज भट्ट, नेपाली काँग्रेसका नगर सचिव सुसिल ढोडारी, थानीयमाई सामुदायिक वन समितिका अध्यक्ष माधव त्रिपाठी, सिमरा जेसिसका संस्थापक अध्यक्ष धनन्जय थोकर, हातमालो सहकारी संस्थाका व्यवस्थापक महेश ढुङेल, घण्टीमाई साकोसका उपाध्यक्ष थानेश्वर पौडेल, सम्मान साकोसका अध्यक्ष सुदीप रिमाल, बारा राइडर्सका अध्यक्ष शेषराज अधिकारी, अडिटर रामचन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । संस्थाका सचिव रत्न उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेत्र प्रसाद दाहालको स्वागत मन्तव्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु