२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

जीतपुर सक्रीयमा पत्रकार सम्मेलन, संस्थाको गतिविधिमा बाधा नडाल्न आग्रह

२०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित ( साल अघि) १०१४ पाठक संख्या

जीतपुर, ११भदौः बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ७ मा रहेको जीतपुर सामुदायिक सक्रीय वचत तथा ऋण सहकारी संस्थाका नव निर्वाचित सञ्चालक समितिका पदाधिकारीहरूले संस्थाको गतिविधि अगाडि बढाउन सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । आज संस्थाकै सभाहलमा पत्रकार सम्मेलन गर्दै सहकारी संस्थाका पदाधिकारीहरूले सर्वसम्मत रूपमा निर्वाचित भएको सञ्चालक समितिलाई कामकारवाही गर्न सहज बनाइदिन आग्रह गरेका हुन् ।

1630067564089

नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष सावित्रिदेवी पिप्ले आफूहरू निर्वाचित भएको एक हप्ता मात्रै भएको संस्थाको भलाइका लागि सञ्चालक समितिले विगतमा भएगरेका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने पनि बताउनुभयो । २०६४ सालमा स्थापना भएको उक्त सहकारीमा हाल १ हजार ३ सय ५१ सेयर सदस्य रहेका छन् । अध्यक्ष पिप्लेले चौधौँ साधारण सभाबाट सर्वसम्मत रूपमा निर्वाचित भएको वर्तमान कार्यसमितिलाई पुरानो कार्य समितिले धाँधली गरेर एकलौटी बनाउन खोजेको, सँस्थामा जातीय विभेद गरेको लगायतका आरोपहरू लगाएको त्यो निराधार भएको भन्दै खण्डन गर्नुभयो । अघिल्लो सञ्चालक समितिको कार्यकालमा आर्थिक अनियमितता भएको भए त्यसलाई खोजविन गर्न र कारवाहीको दायरामा ल्याउन पनि आग्रह गरिएको थियो ।
त्यस्तै संस्थाका व्यवस्थापक शम्भु रामले संस्थालाई हानी नोक्सानी पुग्ने कुनै काम नगरेको र यदि आफूले त्यस्तो संस्थाको हित विपरित कुनै कार्य गरेको प्रमाण फेला परे कारवाही भोग्न तयार रहेको समेत जिकिर गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव चन्दाकुमारी साह, कोषाध्यक्ष पिङ्गला कुमारी चौधरी, सहसचिव सुरज हजारा, लेखा संयोजक सुनिलकुमार गुप्ता लगायतको उपस्ििथति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु