२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

प्रदेश २ मै उत्कृष्ट कार्य गर्ने होटल तथा पर्यटन व्यवसायी सँघ बाराको साधारण सभा सम्पन्न

२०७८ भाद्र १४, सोमबार मा प्रकाशित ( साल अघि) ५७५ पाठक संख्या

सिमरा, १४ भदौः प्रदेश नं २ का होटल तथा पर्यटन व्यवसायमा उत्कृष्ट कार्य गर्दै आइरहेको होटल तथा पर्यटन व्यवसायी सँघ बाराको चौथो वार्षिक साधारण सभा तथा होटल तथा पर्यटन सहकारी संस्थाको तेस्रो साधारण सभा आज सिमरामा सम्पन्न भएको छ ।

1630319554426

कार्यक्रमको अध्यक्षता गर्दै होटल तथा पर्यटन व्यवसायी सँघका अध्यक्ष मोहन शर्मा लामिछानेले सँघले जिल्ला भित्रको पर्यटन प्रवर्द्धन, प्रचार प्रसार लगायतका कायर्हरू गर्दै आएको, अध्ययन अवलोकन भ्रमण, तालिम गोष्ठी, खाना महोत्सव तथा प्रकाशनहरू समेत गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले प्रतिवेदन प्रस्तुत गर्दै सँघको सहकार्यमा सहकारी संस्था स्थापना गरी सञ्चालन गरेको, सिमरा पोखरा हवाइ उडानका लागि पहल गरिरहेको ,पर्सा वन्यजन्तु आरक्षको स्तरोन्नति गरी पर्सा राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्न पहल गरेको बताउनुभयो । उहाँले सिमरा विमानस्थल, फास्ट ट्रयाक, दोस्रो अन्तराष्ट्रिय विमानस्थल, प्रसिद्ध गढीमाई मन्दिर, चुरियामाई मन्दिर, नेपालभारत मुख्य प्रवेशद्धार, औधोगिक करिडोर लगायतका सम्भावित क्षेत्रहरूले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सकिने बताउनुभयो ।

1630320273081

दीप प्रज्वलन तथा गमलामा जल सिँचन गरेर उद्घाटन गरिएको साधारण सभाको उद्घाटन सत्रमा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोभिडले थलिएको व्यवसायलाई सरकारले आवश्यक प्याकेज ल्याएसँगै आफूले होटल पर्यटन व्यवसायीलाई सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

1630319540265

त्यस्तै संविधान सभा सदस्य एवं संघका सल्लाहकार शोभाकर पराजुलीले होटल तथा पर्यटन विकासका लागि प्रशासन र व्यवसायी वीच समन्वय हुनुपर्ने कुरामा जोड दिनुभयो । यसैगरी संघका सल्लाहकार एवं वरिष्ठ व्यवसायी युवराज लामाले सडक, नदी उत्खनन र वातावरणीय असरबारे ध्यानाकर्षण गर्नुभएको थियो ।
एकै समयमा गरिएको होटल तथा पर्यटन सहकारी संस्थाको तेस्रो साधारण सभामा होटल तथा पर्यटन सहकारीका अध्यक्ष प्रल्हाद उप्रेतीले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपूँजि २० लाख पुगेको र ८७ लाख भन्दा बढी कारोवार गरेको बताउनुभयो । उहाँले हाल ९० जना सदस्य रहेको र सदस्य संख्या बढाउँदै लैजाने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ होटल व्यवसायी सदस्यलाई सम्मान गरिएको थियो । त्यसैगरी सहकारी तर्फ उत्कृष्ट वचतकर्ता माइली लमिनी, उत्कृष्ट कारोवारकर्ता दिनेश लामा तामाङ र कलैया होटल सँघलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा सञ्चारकर्मी प्रकाश लम्साल र उपेन्द्र ठाकुरलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा इलाका प्रशासन कार्यलय सिमराका प्रमुख लक्ष्मण ढकाल, आन्तरिक राजस्व प्रमुख नारायण भण्डारी, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साह, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख मनोजित कुँवर, नेपाल पत्रकार महासँघ बाराका अध्यक्ष रेशम तिवारी, नव जनजागृतिका अध्यक्ष रामचन्द्र लामा, सिमरा महिला साकोसका व्यवस्थापक सरस्वती थिङ् बारा राइडर्सका अध्यक्ष शेषराज अधिकारी, जेसिसका अध्यक्ष शालिकराम अधिकारी, वरिष्ठ लेखा परीक्षक नारायण पण्डित, संघका महासचिव शम्भु खड्की, सचिव गोविन्द गहतराज, कोषाध्यक्ष कल्याणी गौतम लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो ।

1630319514048

स्वागत मन्तव्य होटल तथा पर्यटन व्यवसायी सँघका प्रथम उपाध्यक्ष अर्जुन लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदीप गौतमले गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु