२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सिमरा पोखराको हवाइ भाडा व्यवस्थापन गर्ने मन्त्री शर्माको भनाइ

२०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित ( साल अघि) ८५१ पाठक संख्या

सिमरा, १८ भदौः पर्यटकको आकर्षण बढाउन सिमरा पोखराको हवाइ भाडा व्यवस्थापन गर्न एयरलाइन्ससँग छलफल भएको गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताउनुभएको छ ।

1630662342576

पोखरा सिमरा हवाइ उडानबारे बाराको सिमरामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले भाडाका सम्बन्धमा पुर्नविचार गर्ने कुरा भएको बताउनुभएको हो ।

1630662563736

मन्त्री शर्माले पर्यटन प्रवर्द्धन गर्न जागरण प्रशिक्षणको आवश्यकता रहेको औँल्याउँदै बाराको ऐतिहासिक महत्वको क्षेत्र सिम्रौनगढलाई युनेस्कोको पुरातात्विक महत्वसँग जोड्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले साहित्य र गीतका माध्यमबाट संस्कृति, प्रकृति, कृषि र व्यवसायिक र मानव निर्मित चिजहरूलाई जोड्न सकिने बताउनुभयो । कार्यक्रममा नाटा गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष हरेराम अधिकारीले आन्तरिक पर्यटनलाई महत्व दिनुपर्नेमा जोड दिनुभयो ।
नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागार्इँले भारतीय पर्यटकलाई महत्व दिनुपर्ने बताउनुभएको छ । सबैलाई कोभिड भ्याक्सिन उपलब्ध गराएर बोर्डर खुल्ला गर्न पनि आग्रह गर्नु भएको छ । पोखराबाट अन्य प्रदेशमा पनि उडान गर्ने , होम टुरिजमलाई महत्व दिनुपर्ने बताउनुभयो ।

1630662514229

यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले सँघसंस्था र सरकारसँग समन्वय गर्ने काम गरेर पर्यटन प्रवर्द्धनलाई अघि बढाउन जोड दिएको बताउनुभयो ।

1630662474809

बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले अबको ५ वर्षमा प्रदेश २ले विकासमा फड्को मार्ने बताउनुभयो । उहाँले प्रदेश २ पर्यटनको निकै सम्भावना बोकेको क्षेत्र भएपनि प्रचार प्रसार नभएकोले पछि परेको बताउनुभयो ।

1630662429401

बरिष्ठ होटल व्यवसायी इच्छा बहादुर वाग्लेले औद्योगिक राजधानी सिमरा र पर्यटकीय राजधानी पोखरावीचको सम्बन्ध मजबुत बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

1630662365381

नेपाल एसोसिएसन टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) प्रदेश २ का अध्यक्ष एवं पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुर सिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष सञ्जय साहले स्वागत मन्तव्य राख्नुभएको थियो ।

मुख्य मन्त्रीको निम्तो मुख्यमन्त्रीलाई
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पोखरा भ्रमणको लागि विशेष निमन्त्रणा पत्र पठाउनुभएको छ । आज सिमरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आफू जनकपुर जान नभ्याएकाले नाटा प्रदेश २ का अध्यक्ष मोहन शर्मा लामिछानेमार्फत मुख्यमन्त्रीसमक्ष निम्तोपत्र पुर्याउन आग्रह गर्दे पत्र हस्तान्तरण गर्नुभयो ।

1630662677941

त्यस्तै नाटा गण्डकीका कार्यवाहक अध्यक्ष अधिकारीले पोखरा भ्रमणका लागि निमन्त्रणा पत्र प्रदान गर्नुभयो ।

1630663793196

मायाको चिनो हस्तान्तरण
कार्यक्रममा नाटा प्रदेश २ का अध्यक्ष लामिछानेले नाटा गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री शर्मा

1630662642663

र नाटा गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष अधिकारीलाई मायाको चिनो हस्तान्तरण गर्नुभयो ।

1630662606432

त्यस्तै गरी मन्त्री शर्माले नाटा प्रदश २ का अध्यक्ष लामिछानेलाई मायाको चिनो प्रदान गर्नुभयो ।

1630662660125

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु