२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुर सिमराको वडा नं ७ द्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान

२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ( साल अघि) ५८६ पाठक संख्या

जीतपुर,२३ भदौः बाराको जीतपुर सिमरा उपमहाानगरपालिका वडा नं ७ ले विद्यालयमा खेलकुद सामग्री प्रदान गरेको छ ।

1631079593059

 

वडा नं ७ का वडाअध्यक्ष रामबाबु गुप्ताले वडाबाट छुट्याइएको बजेटबाट जीतपुरको फकिरा गिरी राजेश्वर गिरी मााध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राको लागि खेलकुद सामग्री वितरण गर्नुभएको हो । उहाँले विद्यार्थीहरूका लागि शारीरिक तन्दुरुस्ती अति आवश्यक भएको भन्दै खेलकुदले सिर्जनात्मक विकास हुने धारणा राख्नुभयो । करिब दुई लाख ५० हजार रुपियाँ बराबरको खेलकुद सामग्री फकिरा गिरी र जीतपुरमै रहेको अर्को विद्यालय मदरसाका लागि छुट्याइएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
कार्यक्रममा वडा नं ७ का जनप्रतिनिधि एवं विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञानी पासवान, समाजसेवी राजेश गिरी, विभा गुप्ता, मुन्नि राउत, विद्यालय व्यवस्थापन समितिका सदस्य मुरारी पुरी, मनोज पासवान, विद्यालयका वरिष्ठ शिक्षक सञ्जय पटेल, गंगा काफ्ले, अन्य शिक्षक शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक राजुकुमार सिँहको सभाध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक धनञ्जय गौतमले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु