२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी डुमरवानाका सञ्चालक सदस्यहरूद्वारा संस्थामा विषयविज्ञको नियुक्तिको माग

२०७८ भाद्र २९, मंगलबार मा प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

डुमरवाना, २९ भदौः साना किसान कृषि सहकारी संस्था डुमरवानाका नौ जना सञ्चालक सदस्यहरूले संस्थामा विषयविज्ञको नियुक्तिसहित विविध माग राखेका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको डुमरवानामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा करिव २ अर्वको हाराहारीमा वित्तीय कारोवार भैरहेको र त्यसका लागि एक विषयविज्ञको आवश्यकता भएको आज पत्रकार सम्मेलनमा संस्था सञ्चालक समितिका उपाध्यक्ष लगायत सदस्यहरूले माग राखेका हुन् ।

1631626420690

सञ्चालक सदस्यहरूले संस्थाको विनियम परिवर्तन गर्न समेत माग गरेकाा छन् । साथै उनीहरूले केही समयअघि गरिएको कर्मचारीहरूको सरुवा वदर गर्न समेत माग गरेका छन् । उनीहरूले संस्थाका मुख्य प्रबन्धकबाट मनोमानी एकलौटी निर्णय गरी संस्थालाई विवादित बनाउने, निर्णयहरू मान्न बाध्य बनाउने, संस्थाको नियमित कारोवारलाई प्रभावित बनाउने, सेवाकेन्द्र प्रबन्धकहरूको पूर्वाग्रही तरिकाले सरुवा गरेको आरोप समेत लगाएका थिए ।

1631626397051

संचालक समितिका उपाध्यक्ष सीताकुमारी मैनालीको अध्यक्षतामा भएको पक्रकार सम्मेलन कार्यत्रममा संचालक समिति सदस्य प्रदीपसिंह बरालले पत्रकार सम्मेलन गर्नुको उद्देश्य प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष रामशरण वर्तौला, वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, वडा नं १५ वडा सदस्यहरू मनमाया घले, सुमित्रा नेपाली, माओवादी पार्टी प्रतिनिधि राजेन्द्रप्रसाद भट्टराई, टंक आचार्य, नेपाली काँग्रेसका चन्द्रेश्वर शर्मा, जसपाका रुपलाल चौधरी, एकीकृत समाजवादीका हरिप्रसाद जमरकटेल, समाजसेवी किशोर शर्मा, नारायण भट्टराई, भोजराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

1631626451296

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु