२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरको फकिरा गिरीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२०७८ भाद्र २९, मंगलबार मा प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

जीतपुर, २९ भदौः जीतपुरको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयले आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

1631635851791

राष्ट्रिय बाल दिवसको अवसर पारेर बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७, जीतपुरमा रहेको उक्त विद्यालयले माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा कक्षा ९, १०, ११ र १२ कक्षाका विद्यार्थीहरूले भाग लिएका थिए । सहभागि विद्यार्थीहरूलाई ५ समूहमा विभाजन गरिएको थियो ।

1631635954357

 

विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहको अध्यक्ष्यतामा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अधयक्ष एवं वडाध्यक्ष रामबाबु गुप्ताले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा थप हौसला मिल्ने बताउनुभयो ।

1631635984040

कार्यक्रममा शिक्षक धनन्जय गौतमले सहजीकरण गनुृभएको थियो भने शिक्षक प्रमोद महतो समयपालकको रुपमा रहनुभएको थियो । त्यसैगरी विद्यालयका लेखापाल दिलिप गुप्ताले प्रतियोगी विद्यार्थी समूहहरूको अंक टिपोट गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मुरारी पुरी, वरिष्ठ शिक्षक सञ्जय पटेललगायत शिक्षक शिक्षिका, विद्यालय कर्मचारी, विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु