२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

साना किसान सिमराको सातौँ वार्षिक साधारण सभा सम्पन्न

२०७८ भाद्र ३०, बुधबार मा प्रकाशित ( साल अघि) ७९० पाठक संख्या

सिमरा, ३० भदौः साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमराको सातौँ वार्षिक साधारण सभा आज सिमरामा सम्पन्न भएको छ ।

1631717452481

संस्थाका अध्यक्ष कमला कुमारी रिमालको अध्यक्षतामा सम्पन्न कायृक्रमा प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी मन्त्री विजय यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, पारस साह, संविधान सभासदस्य डा. शोभाकर पराजुली, जसपा केन्द्रीय सदस्य एवं प्रदेश २ का उपाध्यक्ष सुसिल कुमार यादव, केन्द्रीय सदस्य भरत खड्का, केन्द्रीय सहकारी संचालक सदस्य शिव अधिकारी, साना किसान कृषि सहकारी जिल्ला अध्यक्ष मिश्रिलाल सहनी, भेटनरी तथा पशु सेवा केन्द्र बाराका प्रमुख डा. शंकर साह, नेपाल पत्रकार महासँघका तर्फबाट विदुर खड्का, जसपा जिल्ला अध्यक्ष अजय पटेल, माओवादी पार्टीका राजन पौडेल, संस्थाका सल्लाहकार सदस्य, नारायणी रायमाझी, शिला खनाल लगायतको उपस्थिति तथा शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी वस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम उद्घाटन
वचत गर्ने बानीको विकास गर्नुपर्छ भन्ने सन्देश दिँदै खुत्रुकेमा पैसा वचत गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । साथै पानसमा दीप प्रज्वलन तथा सप्तरङ्गी मैन बत्ती समेत प्रज्वलित गरिएको थियो ।

1631717485713

प्रतिवेदन प्रस्तुति
कार्यक्रममा संस्थाका अध्यक्ष कमला कुमारी रिमालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सचिव श्यामा सापकोटा, कोषाध्यक्ष पुनमदेवी महतो, संस्थाका कुलोत्तम पोख्रेल, लेखा समिति संयोजक किशोर शर्माले आआफ्नो प्रतिवेदन प्रस्तुति गर्नुभएको थियो ।
प्रशंसापत्र एवं मायाको चिनो प्रदान
साना किसान कृषि सहकारीमा आवद्ध रहेर विभिन्न कार्य गर्ने मधये उत्कृष्ट सेयर सदस्यलाई प्रशंसापत्र प्रदान गरिएको छ । बुङ्गुरपालन गर्ने विष्णुमाया चौलागाईँ, भैँसीपालन व्यवसायी विजय साह, समूहमा सक्रिय भूमिका निर्वाह गर्ने सुमिक्रा श्रेष्ठ,

1631717634849

सक्रिय रुपमा दैनिक वचत गर्ने पुनम, व्यक्तिगत वचततर्फ विष्णुमाया थापा, सक्रीय रूपमा ऋण तिर्ने, प्रियङ्का साह, पहिलो शेयर जम्मा गर्ने इन्दिरा खक्री, ऋण असुलीमा सत्रिय सरिता प्रसाईलाई प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विजय यादवलाई संस्थाका तर्फबाट प्रशंसापत्र एवं माायाको चिनो प्रदान गरिएको थियो ।

1631717391010

पत्रकारलाई सम्मान पत्र
साना किसान र कृषि सहकारीको गतिविधि प्रचार प्रसारमा पुर्याएको योगदानको कदर संस्थाले पत्रकारहरूलाई सम्मानपत्र प्रदान गरेकाो छ । यसरी सम्मानित हुनुहुनेमा पत्रकार विदुर खड्का र लक्ष्मी खरेल रहनुभएको छ ।

1631717565747

1631717592353 (1)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु