२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराद्वारा सुत्केरीलाई सहयोग

२०७८ आश्विन २, शनिबार मा प्रकाशित ( साल अघि) ७४३ पाठक संख्या

मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराले आज एक विपन्न सुत्केरी महिलालाई सहयोग गरेको छ ।

1631955506664

बाराको नीजगढ न.पा वडा न. ६, राई टोल बस्ने राजकुमार राईकी श्रीमतीबाट १८०० ग्रामको शिशुको जन्म भएको र निजको आर्थिक स्थिति अत्यन्तै दयनीय भएको भन्दै मेचीमहाकाली बुहारी संयुक्त आवाजले खाद्यान्न लगायत लत्ता कपडा सहयोग गरेको हो । खाद्यान्न समाग्रीमा चामल, सुत्केरी मसला, घ्यू लगायत रहेको र बच्चा र आमाकाा लागि कपडा समेत हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष सावित्री बराल तिमल्सेनाले बताउनुभयो ।सामग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्षद्वय शान्ति लामा र सगुन लामा, सचिव उषा थापा मोक्तान, कोषाध्यक्ष चन्द्रिका मगर, सदस्यहरू शोभा तिमल्सेना, अनिता हुमागाइँ, लक्ष्मी चौलागाईँलगायतको उपस्थिति रहेको थियो ।

1631955530827

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु